नेपालगन्ज ३ चैत : नेपालगन्जका युवा ब्यापारि दीपेन्द्र विष्टले राष्ट्र बैंकबाट आइ क्यासको अनुमति पाएका छन् ।
उनले पाएको यो आइक्यास अन्य अनलाईन भूक्तानी सेवा जस्तै सेवा हो । आइ क्यास प्राइभेट लिमिटेडका अध्यक्ष विष्टले आइ क्यास डिजिटल भुक्तानी मार्फत नेपालभरीका सबैले रकम भुक्तानी गर्नसक्ने बताए ।
२०७७ साउन ६ गते आइ क्यास प्राइभेट लिमिटेड दर्ता भएको । आइ क्यास प्राइभेट लिमिटेडले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रुपमा काम गर्ने अनुमति पाएको आइक्यास प्रालिका कार्यकारी अधिकृत पदम भट्टराईले जानकारी दिए ।

नेपालमा नगद रहित र सरकारले लिएको डिजिटल नेपालका लागि आइक्यास प्रालिले पेमेन्ट सर्भिस गेटवेको रुपमा मात्र काम नगरी नेपालको साक्षरतालाई अभिबृद्धिका लागि आइक्यासले पहल गर्ने अध्यक्ष विष्टले बताए ।
यसलाई डिजिटल पेमेन्ट मात्र नभएर डिजिटल बैकिङ्गको रुपमा आफूहरुले लक्ष्य लिएको आइ क्यासका अध्यक्ष विष्टले सेतोखरीसंग बताए । यो आइ क्यास एन्ड्रोइड, आइओएस र वेभ पेमेन्टमा उपलब्ध हुने प्रालिले जनाएकोछ ।