‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रबारबाट


‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रबारबाट

नेपालगन्ज ५ चैत : नेपालको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ शुक्रबारबाट सुरु हुने भएको छ ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेल जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ । टिममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् भने आस्था राउत बाहिरिएकी छन् । यसअघिका कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ ।