स्मार्ट बाँके बनाउँदै माछापुच्छ्रे बैंक

नेपालमै पहिलोपटक आफ्नै ‘मोबाइल वालेट रेमिट्याप’ सञ्चालन


स्मार्ट बाँके बनाउँदै माछापुच्छ्रे बैंक

नेपालगन्ज ५ चैत : बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगन्जका ४ स्थानमा ‘क्यूआर कोड’ सेवा सुरुवात गरेको छ ।

माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगन्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा सुरुवात गरेको हो ।

बैंकले नेपालगन्जका सनराईज यातायात, नेपालगन्जको न्यूरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्यूआर कोड हस्तान्तरण गरेको छ ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगन्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्यूआर कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगन्ज कै न्यूरोडमा रहेको हङकङ बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफूल तथा लत्ताकपडाहरुको रकम समेत क्यूआर कोड बाट भुक्तानी गर्न सनेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंक स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ ईतिहासमा पहिलोपटक आफ्नै ‘मोबाइल वालेट रेमिट्याप’ सञ्चालनमा ल्याएको छ ।

अन्य डिजिटल सेवाहरु मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइन मार्फत खाता एवम् मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन्।