नेपालगन्ज ५ चैत : कोरोना महामारी सुरु भएदेखि ऋणात्मक हुँदै आएको सवारीसाधनको आयात चालु वर्षको सात महिनाबाट बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महिनादेखि सवारीसाधनको आयात बढेको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु वर्ष को पहिलो सात महिनामा अघिल्लो वर्ष (२०७६/०७७) को यही अवधिको तुलनामा दुई प्रतिशत रकम सवारी आयातका लागि बढेको छ ।
केन्द्रीय बैंकका अनुसार साउनदेखि माघसम्म ६७ अर्बको सवारीसाधन आयात भएको छ । गएको वर्ष माघसम्म ६६ अर्बको आयात भएको थियो। गत वर्षको माघमा ८ प्रतिशतले सवारी आयात बढेको थियो ।
साउनदेखि नै दुई पाङ्ग्रे सवारीको आयात बढ्न थालेपनि चार पाङ्ग्रे सवारीको आयात भने बढ्न सकेको थिएन । तीहारपछि चार पाङ्ग्रेको माग पनि बढ्दै गएको व्यवसायीहरुले बताउँदै आएका छन् ।