फेरि बढ्यो सुनको मूल्य


फेरि बढ्यो सुनको मूल्य

नेपालगन्ज ८ चैत : नेपाली बजारमा आईतबार पुनः सुनको मूल्य उकालो लागेकोछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको आईतबार सुनको मूल्यमा बृद्धि भएको हो ।

महासंघका अनुसार आईतबार छापावाल सुन प्रति तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आईतबार चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

शुक्रबारको प्रति तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।