एलजीले ल्यायो ‘हार्दिक बधाई तपाईलाई यस नयाँवर्ष विशेष सबैलाई’


एलजीले ल्यायो ‘हार्दिक बधाई तपाईलाई यस नयाँवर्ष विशेष सबैलाई’

नेपालगन्ज ११ चैत : नेपालको सबै भन्दा धेरै विक्री हुने ब्राण्ड एलजीले नयाँ वर्ष–२०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान सार्वजनिक गरेकोछ ।

एलजीले ‘हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई’ भन्दै नयाँ योजना अघि सारेको हो ।

यस योजना अन्तर्गत एलजीको लागी नेपालको अधिकृत वितरक सीजि इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ ।

नर्मल र स्मार्ट एलइडी टिभी, एयर प्युरिफायर, भ्याकुमक्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्तगर्न सक्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस अफरमा ग्राहकहरुले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिरेजेरेटरकोे खरिदमा २ हजार ४५० मूल्यको फ्री स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा २८ सय मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजीमाथि)को खरिदमा ५ सय २३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा २ हजार ६५० मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मशिन टप लोडको खरिदमा एक हजार २० मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक एयर कण्डिस्नरको खरिदमा ग्राहकहरुले ४ हजार मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्नेछन् । यो योजना नेपाल अधिराज्यभरि चैत्र ११ गते देखि सिमित अवधिको लागि लागू गरिएको छ ।