बुद्ध एयरको नेपालगन्जमा दैनिक ५ तथा भैरहवामा ९ उडान


बुद्ध एयरको नेपालगन्जमा दैनिक ५ तथा भैरहवामा ९ उडान

नेपालगन्ज १८ चैत : बुटवल नारायणघाट सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएको छ । हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुद्ध एयरले भैरहवा तथा नेपालगन्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगन्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ ।

यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ ।

बुद्ध एयरले केही समय अगाडी मात्रै एटीआर–७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर–७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् ।

जहाज थपिएसँगै ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुद्ध एयरसँग रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।