बुद्ध एयरको नेपालगन्ज–काठमाण्डौं दैनिक ५ उडान


बुद्ध एयरको नेपालगन्ज–काठमाण्डौं दैनिक ५ उडान

नेपालगन्ज २० चैत : हवाई यात्रालाई थप सहज र सजिलो बनाउनका लागि बुद्ध एयरले नेपालगन्जदेखि काठमाण्डौं उडान थप गरेकोछ ।

बुद्ध एयरले थप गरेको उडान तालिका अनुसार आज शुक्रबारदेखि लागु गरिएकोछ ।

बुद्ध एयर नेपालगन्ज स्टेसन म्यानेजर विनित शाहका अनुसार यसअघि हुदै आएको नेपालगन्ज–काठमाण्डौं उडान संख्यामा थप गरिएको हो ।

बुद्धले आफ्नो उडान संख्या थप गरेसंगै काठमाण्डौंबाट साविक मध्य तथा सुदूरपश्चिम क्षेत्रमा जाने र नेपालगन्ज हुदैँ काठमाण्डौं लगायतका क्षेत्र जान चाहने यात्रुलाई सहज भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बुद्ध एयरले केही समय अगाडी मात्रै एटीआर–७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर–७२ जहाज पनि थप्न लागिएको बुद्ध एयरका नेपालगन्ज स्टेशन म्यानेजर शाहले सेतोखरीलाई जानकारी दिए ।

जहाज थपिएसँगै ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुद्ध एयरसँग रहेको छ ।

बुद्ध एयरले अहिले नेपालगन्जसहित, सुर्खेत, धनगढी, पोखरा, भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर र भैरहवामा उडान गरिरहेको छ ।
यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

देशमै हवाई यात्राका लागि बुद्ध एयर विश्वासीलो, सुविधासम्पन्न मानिएकोछ ।