नेपालगन्ज ६ वैशाखः केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ‘इन्टरनेट मस्त, जीवन स्वस्थ’ नामक नयाँ योजना ल्याएको हो । यो योजनामा सुबिसुका ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्राप्त गर्नेछन् ।
स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नवीकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको हो ।
यो योजना २० एमबीपीएसभन्दा माथिको इन्टरनेट प्याकेजमा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले शिखर इन्स्युरेन्ससँग सहकार्यमा स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको हो ।
ग्राहकले नेपाल र भारतमा उपचारार्थ एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म सहयोग पु¥याउने विश्वासका साथ कम्पनीले यो अफर अघि बढाएको हो । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि रहनेछ ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन