नेपालगन्ज २१ वैशाख : हाल देशभर मौसम बदली रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू–भागनजिक विकसित न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभावका कारण बदली भएको हो ।
आज बिहान प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ मा सामान्यदेखि पूर्ण बदली रह्यो । प्रदेश–१ र प्रदेश–२ का केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–२, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ