एनआरएनए जापानले पठाएको ५ लाख पत्रकार महासंघ बाँकेले भेरी अस्पताललाई हस्तान्तरण गर्यो


एनआरएनए जापानले पठाएको ५ लाख पत्रकार महासंघ बाँकेले भेरी अस्पताललाई हस्तान्तरण गर्यो

नेपालगन्ज २६ वैशाख : गैरआवासीय नेपाली संघ, जापान ( एनआरएनए) र बाँके बर्दिया मैत्री समाज जापानले भेरी अस्पताललाई आर्थिक सहयोग गरेकोछ ।

कोरोना भाइरस संक्रमणका कारण उपचार लगायतका कार्यमा समस्या परेको खबर पाएको एनआरएनए जापान र बाँके बर्दिया मैत्री समाज जापानले उक्त सहयोग रकम नेपाल पत्रकार महासंघ बाँकेमार्फत प्रदान गरेको हो ।

सहयोगबापत एक लाख २८ हजार एक सय ४२ रुपैयाको स्वास्थ्य सामाग्री सहित ५ लाख ४६ हजार ८ सय ५८ नगद रकम हस्तान्तरण गरेको हो ।

एनआरएनए र समाजका तर्फबाट नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र समाजका सल्लाहकार ओमप्रकाश देवकोटामार्फत उक्त रकम भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई आईतवार हस्तान्तरण गरियो । यसअघि नै १ लाख २८ हजार बराबरको स्वास्थ्य सामाग्री अस्पताललाई प्रदान गरिसकिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको रोहबरमा हस्तान्तरण गरिएको रकम बिभिन्न संकटबाट गुज्रिरहेको भेरी अस्पतालका लागि उपयोगी हुने डाक्टर थापाले बताएका छन् ।

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी र महासचिव जनकविक्रम शाहीले बाँके र बर्दिया जिल्लामा उत्पन्न कोभिड संकट समाधानका लागि अग्रसरता लिई आर्थिक सहयोग गरेको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका छन् ।