काँग्रेस महाधिबेशन कार्यतालिका परिमार्जन


काँग्रेस महाधिबेशन कार्यतालिका परिमार्जन

नेपालगन्ज २५ भदौ : नेपाली काँग्रेसले महाधिबेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिबेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिबेशन कार्यतालिका संशोधन गरेको हो ।

नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।

विज्ञप्ती अनुसार देशभरका २० जिल्लाको वडा अधिबेशन नै हुन बाँकी रहेको छ । शुक्रबार डडेलधुरा जिल्लाको वडा अधिबेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ ।

बाँकी २० जिल्लाको अधिबेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ गते गर्ने निर्णय भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार काँग्रेसले वडा अधिबेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै पालिकाको अधिशेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने निर्णय भएको छ । अब पालिकाको अधिबेशन असोज ९ गते हुनेछ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिबेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिबेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिबेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको थियो ।

तर, प्रदेशको अधिबेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिबेशनको मिति पनि परिवर्तन गरिएको छ ।