नेपालगन्ज २५ भदौ : नेपाली काँग्रेसले महाधिबेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिबेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिबेशन कार्यतालिका संशोधन गरेको हो ।
नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
विज्ञप्ती अनुसार देशभरका २० जिल्लाको वडा अधिबेशन नै हुन बाँकी रहेको छ । शुक्रबार डडेलधुरा जिल्लाको वडा अधिबेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ ।
बाँकी २० जिल्लाको अधिबेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ गते गर्ने निर्णय भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार काँग्रेसले वडा अधिबेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो ।

यस्तै पालिकाको अधिशेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने निर्णय भएको छ । अब पालिकाको अधिबेशन असोज ९ गते हुनेछ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिबेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिबेशन असोज ५ गते गर्ने तय भएको थियो ।
यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिबेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको थियो ।
तर, प्रदेशको अधिबेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिबेशनको मिति पनि परिवर्तन गरिएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही