File Photo
नेपालगन्ज ३ असोज : बाँकेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत गाभर नजिक मान्छे खाने २ वटा बाघ फेरि देखिएको छ ।
गाभर र सौंरीको बीचमा रहेको स्यानी खोलीमा मान्छे खाने २ वटा पाटे बाघ आईतबार बेलुकी साढे ६ बजे देखिएको स्थानीयबासी चन्दा लामाले सेतोखरीलाई जानकारी दिइन् ।
उनले भनिन्–‘स्यानी खोलीमा देखिएको ती दुई वटा बाघ बिस्तारै उत्तर चुरे जङ्गलतिर गयो । स्थानीय एक युवाले मोबाईलबाट मान्छे खाने बाघ देखिएको भिडिओ समेत कैद गरेका छन् । । फेरि पनि बाघले कुन बेला आक्रमण गर्ने हो भन्दै त्रास फैलिएकोछ ।’
गत आईतबार ४५ वर्षिय पुरुषलाई महेन्द्रराजमार्ग अन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर ती २ वटा पाटेबाघले खाएका थिए । मान्छे खाने पाटे बाघ नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्ज निगरानी बढाएपनि गत मङ्गलबार बिहानदेखि ती दुई बाघ देखिन छाडेका थिए ।
करिब पाँचदिन पछि पुनः सोही क्षेत्रमा २ वटा बाघ देखिएपछि यतिबेला सो क्षेत्रका स्थानीयबासी त्रसिद बनेकाछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?