भोली ‘डान्स बाँके डान्स’को मेगा अडिसन


भोली ‘डान्स बाँके डान्स’को मेगा अडिसन

नेपालगन्ज १३ मंसिर : बाँकेमै हालसम्मको ठूलो धनराशी सहितको डान्स प्रतियोगिताका ‘डान्स बाँके डान्स–२०७८’ प्रतियोगिता अन्र्तगत भोली (मङ्गलबार) मेगा अडिसन हुँदैछ । यसअघि बाँकेको नेपालगन्ज, कोहलपुर, दाङ, गुलरिया, राजापुर र धनगढीमा भएको अडिसनमा २४८ जना प्रतिस्प्रर्धीले सहभागिता जनाएका थिए ।

अडिसन राउण्डबाट चुनिएका कुल एक सय प्रतिस्प्रर्धीबीच ग्राण्ड फिनालेका लागि नेपालगन्जको सिएसटी रेस्टुरेण्टमा भोली मेगा अडिसन हुन लागेको हो ।

रोयल डान्स प्रालिको आयोजनामा आगामी पुस ३ गते नेपालगन्जको मेरो प्लानेटमा ग्राण्ड फिनाले गर्ने गरि प्रतियोगिता अन्र्तगतको मेगा अडिसन गर्न लागिएको आयोजक रोयलका सिओ रोहित थापाले जानकारी दिए ।

‘विभिन्न जिल्लामा सम्पन्न भएको अडिसन राउण्डबाट चुनिएका उत्कृष्ट प्रतिस्प्रर्धीबीच मेगा अडिसन गरिन लागेको हो’ आयोजक रोयल डान्स प्रालिका सिओ थापाले भने–‘विभिन्न विधामा मेगा अडिसनबाट छनोट भएका प्रतिस्प्रर्धीले आगामी पुस ३ गते हुने फाइनल अर्थात ग्राण्ड फिनालेमा प्रतिस्प्रर्धा गर्नेछन् ।’

Kids Festival 2022
kanti aarogya hospital

आयोजकले प्रतियोगितामा ५ वर्ष माथिका जोकोहीले भाग लिन पाउने ब्यवस्था गरेकोछ । पश्चिम क्षेत्रमा लुकेर रहेका डान्सरहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
पछिल्लो समय नेपालमा भइरहेका रियालिटी शोको फर्म्याटमा जस्तै यो प्रतियोगितामा पनि ‘वाइल्ड कार्ड इन्ट्री’ व्यवस्था रहेको आयोजक रोयलका सिओ थापाले बताए ।

सम्भवतः यो प्रतियोगिता नेपालगन्जमै अहिले सम्मकै बढी राशि भएको प्रतियोगिता रहेको आयोजकको दावि छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, द्वितीय हुनेलाई २५ हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, तृतीय हुनेलाई १५ हजार र आकर्षक गिफ्ट र चौथो हुनेलाई ७ हजार र आकर्षक गिफ्ट पुरस्कार दिइनेछ । साथै, प्रतियोगितामा बेस्ट डान्सर पुरस्कारको व्यवस्था समेत गरिएको छ । बेस्ट डान्सरले नगद ३ हजार रुपैयाँ सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको ग्राण्ड फिनालेमा नेपालका चर्चित कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ । जसमा नायक दीलिप रायमाझी, मोडल आस्मा विश्वकर्मा, सियोन श्रेष्ठ, सुजन मार्पा र नेक्स क्रुका प्रदीपको उपस्थिती तथा प्रस्तुती रहनेछ भने कार्यक्रमको होस्ट नेपालगन्जका सञ्चारकर्मी रवि बस्नेतले गर्नेछन् ।

यो पनि पढ्नुहोस्

‘डान्स बाँके डान्स–२०७८’ का लागि धमाधम अडिसन

‘डान्स बाँके डान्स–२०७८’ का विजेताले ५० हजार पुरस्कार पाउने