विचार

छाउपडी कुप्रथा र सोह्र दिने लैगिंक हिंसा विरुद्धको अभियान


छाउपडी कुप्रथा र सोह्र दिने लैगिंक हिंसा विरुद्धको अभियान

यस वर्ष “घरैबाट सुरु गरौं, महिला हिंसा अत्य गरौं” नाराकासाथ महिला हिंसा बिरुद्धको सोह्र दिने अभियान मनाईरहेको घडीमा हामी छौं । बिगतमा छाउगोठ भत्काउने सरकारको निर्णय भन्दा अगाडी पनि सुदूर पश्चिम र कर्णालीमा थुप्रै छाउगोठहरु बिभिन्न संघसंस्था, सरकारी निकायहरुले भत्काए, नेपाल टेलिकमको पैसा नलाग्ने फोन नम्बर पनि उपलब्ध गराईए, सेमिनार गोष्ठी मार्फत जनचेतना जगाउने कार्य पनि भए तर, त्यसले कुनै असर पार्न सकेन । प्रहरी र प्रशासन लगाएर भत्काईएका ति गोठहरु समुदायका मानिसहरुले पुनःनिमार्ण गरे । पुनः बस्न थालियो यो घटना त हाम्रा सामु ताजानै छ । छाउपडी नियमन गर्न हामीसंग कानून छ तर, कार्यन्वयन हुदैँन । गत वर्ष सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र एक हजार जति छाउ गोठहरु भत्काउन सफल भएको कुरा बिभिन्न खबरहरमा सुन्न र पढ्न पाईएको थियो । छाउ मान्ने घर परिवारलाई राज्यबाट दिईने सेवा सुबिधाहरुबाट पनि बञ्चित गर्ने पनि भनिएको थियो । तर, जे भने पनि छाउ गोठ जस्ताको तस्तै छ ।

सन् २०१२ देखि हालसम्म छाउगोठमा बसेकै कारण मृत्यु भएको घटनाहरु हेरौं :

  

क्र.सं.

नाम

ठेगाना

मृत्युको कारण

मिति

१

लक्ष्मीकुमारी बुढा

साबिकको ढकारी गाविस ४, अछाम

आफूलाई न्यानो राख्न बालिएको आगोका कारण निस्सासिएर ।

३ फेब्रुअरी, २०१२

२ 

लिलाकुमारी बस्नेत

साबिबको कोर्टाङ्ग गाविस ७, जाजरकोट ।

घरदेखि टाढारहेको छाउ गोठमाथि पैहिरो खसेर ।

१० सेप्टेम्बर, २०१२

३

डम्मरा उपाध्याय

 साबिकको तिमिल्सेन गाविस अछाम

छाउ गोठमा बस्दा स्वास रोकिएर वा नाडीको चाल बन्द भएर ।

१९ नोभेम्बर, २०१६

४

रोशनी तिरुवा

साबिक गाज्रा गाविस, अछाम

कक्षा ९ मा अध्ययनरत आफूलाई न्यानो राख्न बालिएको आगोका कारण निस्सासिएर ।

१९ डिसेम्बर, २०१६

५

लालसरा बिक

दैलेख जिल्ला

छाउगोठको अत्यधिक चिसोका कारण

२२ मे, २०१७

६

तुल्सी शाह

दैलेख जिल्ला

छाउगोठमा सर्पले डसेर

०७ मे, २०१७

७

गौरी बयक

साबिक तुर्माखाँद २ अछाम

छाउ गोठमा बस्दा स्वास रोकिएर वा नाडीको चाल बन्द भएर ।

८ जनवरी, २०१८

८

पार्बति बुढा

तुर्माखाँद गा.पा. २ अछाम

छाउगोठमा सर्पले डसेर ।

९ जुन, २०१८

९

अम्बा बोहरा

बजुरा जिल्ला

छाउ गोठमा बसेको बेला स्वासप्रसमा समस्या भएर २ छोरा र आफू सबैको मृत्यु भएको ।

१९ जनवरी, २०१९

१०

पर्वती बोगटी

डोटी जिल्ला

छाउ गोठमा बसेको बेला स्वासप्रसमा समस्या

३ फेब्रुअरी, २०१९

यसरी सरसरती हेर्दा अछाममा मात्र ५ वटा घटना, जाजरकोटमा १ वटा घटना, दैलेखमा २ वटा घटना, १ घटना बाजुरा र डोटीमा १ घटना घटेको पाईन्छ । वास्तवमा छाउपडीलाई जे जसरी सोचे पनि जे जसरी लिएपनि यसले मानव जीवनमा नकारात्मक प्रभाव त पारेकै रहेछ । यस घटनामा १४ वर्ष देखि ३५ वर्ष सम्मका महिलाहरु र किशोरीहरु, त्यस्तै गरी कक्षा ९ पढ्ने बिद्यार्थी देखि २–३ जना बाल बच्चाको आमाहरु र अबिबाहित किशोरीहरुकोे कारुणीक मृत्यु भएको पाईन्छ ।

युरोप, अमेरिका, अष्ट्रेलिया र अन्य विकसित मुलुकहरुमा मिन्सुरेशन वा छाउ हुँदैनन् ? यो त महिलाहरुको महिनावारी धर्म हो । यो वहाँहरुको मासिक धर्म हो । यो शारीरिक बनोट र प्राकृतिक नियम अनुसार हरेक महिलाले निश्चित उमेरदेखी निश्चित उमेरसम्म महिनामा एक पटक मिन्स वा छाउ हुनु पर्दछ । यो प्राकृतिक नियम हो । यो रोकेर पनि राकिंदैन र रोक्न पनि शरीरिक बिज्ञानका हिसावले राम्रो हुंदैन । यसलाई यसरी घरदेखि टाढै राखेर, मिठो र राम्रो खान नदिएर यो समाधान हुँदैन बरु यसलाई सरसफाई गरेर र ब्यवस्थापन गरेर यसलाई ब्यवस्थित गर्न राम्रो हुन्छ ।

अछामको कुरा गर्दा धेरै महिला, किशोरी र छोरा छोरीका हामाहरु समेतले अनायसमा मृत्यु बरण गर्नु परेको घटना यहाँ देखियो । यसमानेमा वहाँहरुले भन्ने गर्नुहुन्छ ‘हाम्रा घरमा देउताको थान हुन्छ । यस्तो अवस्थामा महिलाहरु घर भित्र गए देउता रिसाउँछन । त्यसैले यसलाई हामीले घरदेखि टाढै राख्नु पर्दछ ।’ घरमा देउता त नेपालको अरु जिल्लामा पनि हुन्छन होला । तर, त्यहाँ छाउ भएकी महिलालाई पनि घरमा बिषेश स्थान बनाएर, सुरक्षित ठाउँमा बस्ने ब्यवस्था गरिएको हुन्छ । के काठ्माण्डौ वा अन्य शहरमा पढ्न गएकी एक किशोरी वा महिला छाउ हुँदैनन् ? उनीहरुको त घरको ३–४ तलामाथि एउटामात्र कोठा भाडामा हुन्छ । छाउ भएकोबेला के गर्ने ? यसको उत्तर चाहियो ।

यसरी शारीरिक प्रकृयालाई धर्मसंग जोडेर सदियौंदेखि महिला हिंसा गरिराखिएको छ । न यसलाई मि टु अभियानले छुन सक्यो, न त महिला हिंसा बिरुद्ध सोह्र दिने अभियानले छुन सक्यो, न त बिभिन्न संघ संस्थाले सञ्चालन गरेको अभियानहरुले छुन सक्यो, न त युएन उमनको जनचेतनामुलक कार्यक्रमले छुन सक्यो, न त नेपालको कानूनले यसलाई छुन सक्यो । वास्तवमा बिडम्बना भन्नु पर्दछ यसलाई ।

संयुक्त राष्ट्र संघको युएनडिपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०१९ अनुसार नेपालको स्थान विश्वमा २ स्थानमाथि बढेको तर, सार्कमा ५ औं र विश्वमा १४७ औं स्थानमा छ भनेर किटान गरेको छ । तर, नेपालमा असमानताको खाडल धेरै नै छ भनेर भनेको छ । त्यस्तै शिक्षामा पनि पछाडी नै छ र यस्तै भईराखेमा आगामी पाँच वर्षमा अझ पछाडी पर्ने चेतावनी पनि दिएको छ । शिक्षाको विकासको कुरा गर्दा आज पनि हामी धेरै पछाडी नै छौं । किन भने हामीसंग नेपाल सुहाउँदो पाठ्क्रम छैन । कर्णालीमा के–के कुरा पढाउँदा यहाँको स्थानीय बस्तुहरुको बजारीकरण हुन्छ ? जस्तो र्याफटिङ्ग कसरी गर्ने, भिर कसरी उक्लने, पर्यटन, हिमाली कृषि, जडिबुटी अध्ययन तथा प्रशोधन, खनिज प्रशोधन, भारतको आग्राको जस्तो ढुङ्गामा बुट्टा वा चित्र कुँद्ने शिक्षा आदि हुन सक्छन् । खोई यी र यस्ता बस्तुलाई पाठ्क्रममा राख्न सकेको ? कर्णालीका बिद्यार्थी उही ‘डि’ ग्रेडका वा आदि ........।

यसैले शिक्षालाई लोकलाईजेशन संगै ग्लोवोलाईजेशन गर्दै चिनमा जस्तो, भियतनाममा जस्तो गरेर लान सके हामी पनि अरु देश जस्तो विकासको भ¥याङ्ग चढ्न सक्ने थियौं । आज हामीले सबै चिज बस्तुमा अरुको भरमा बस्नु पर्ने थिएन । शिक्षा भए विकास हुन्छ, विकास भए पैसा हुन्छ र पैसा भए देश धनी हुन्छ र अहिको जस्तो खाडी मुलुक र अन्यतिर हाम्रा युवाहरु कामको खोजिमा भौतारिनु पर्दैन । आज मात्रै द काठ्माण्डौ पोष्ट (१० जनवरी २०२०)मा ‘सयौं युवाहरु नमिल्दा कागजपत्रहरुका कारण आममाफी स्कीममा नेपाल फर्किए’ । भन्ने शीर्षकमा खबर छापिएको छ । यो सबै नेपालको कमजोर शिक्षा प्रणालीले हुन गएको हो । छाउपडी कुप्रथा पनि यस्तै कम्जोर शिक्षा प्रणालीका कारण भएको हो ।

हामी एकपटक कल्पना गरौं कि यसरी किशोरीहरु, महिलाहरु किन आफ्नो अधिकार (घरमा बस्न पाउने अधिकार) पनि लिन सकिरहेका छैनन् । यसको कारण पनि शिक्षा ग्लोबोलाईज्ड हुन नसकेर हो भन्ने लाग्छ । किन भने यदि एउटा महिला वा किशोरीले अमेरिकाको वा अन्य विकसित मुलुकको विकास प्रणाली बुझेको भए उनीले घरको कुसंस्कारलाई बिरोध गर्न सक्ने थिईन । होईन र ? यस बिषयमा थलरा गापा बझाङ्घ कि गाउँपालिका सदस्य निर्मला बिष्टले भन्ने गर्दछन् कि ‘यो मैले मेरो ससुरा वुवा वा सासु आमाको लागि पनि छाउ गोठमा बस्नै पर्दछ ।’ पढेलेखेका र उच्च ओहोदामा पुगेका महिलाहरुले पनि यस्तो भन्ने गर्दछन् ।

जे भए पनि आखिरमा छाउपडी कुप्रथा हटाउन गोठ भत्काएर वा बल गरेर यो कुप्रथा हट्दैन । यसलाई निर्मुल पार्नकालागि कानून पनि ठीक ढंगले कार्यान्वयन हुनु पर्दछ भने छाउ भने कै के हो ? भन्ने बिषयमा जनचेतनामुलक कार्यक्रम लागू गर्न जरुरी छ । वहाँहरुलाई भित्र मन देखि महसुस गराउनु पर्दछ ता कि यो छाउ भनेको त प्राकृतिक चक्र रहेछ सबै महिलालाई हुंदोरहेछ र यो बैज्ञानिक हिसावले फोहोर वा नराम्रो चिज रहेनछ । यसलाई ब्यवस्थित तरिकाले ब्यवस्थापन गरे केहि नहुँदो रहेछ भन्ने कुराको जानकारी गहिरो तरिकाले सिक्न सिकाउन जरुरी छ । त्यसैले मनदेखि हटाउँ । कुरीति र रुढीवादी परम्पराहरु खारेज गरौं । यस अभियानमा सबै एकजुट होऔं ।

मनवीरका थप लेखहरु

के पढ्ने ? सोचौं !

२६ हजार बिद्यार्थीको भविष्य अन्यौलमा

महामारीको बहानामा शैक्षिक शत्र खेर फाल्न पाईंदैन

जे भएपनि आशा जगाएर पढौं पढाऔं

प्रभावकारी तरिकाले पढ्ने बिधि

सिक्नका लागि संस्कार र उत्प्रेरणा

कोरोना कहरले शिक्षा क्षेत्रमा दिएको सन्देश