कोरोना कहरले शिक्षा क्षेत्रमा दिएको सन्देश


कोरोना कहरले शिक्षा क्षेत्रमा दिएको सन्देश

गत डिसेम्बर २०१९ देखि चीनको वुहानबाट फैलिएको कोभिड–१९ अर्थात कोरोना भाईरस अहिले विश्वभरी झैलिरहेको अवस्था छ । यसले सबै भन्दा पहिले चीनमा असर पारेको थियो भने त्यसपछी युरोपका धेरै मूलुकमा (खासगरी इटलीमा) असर पार्दै अमेरीका र भारत समेतमा असर पारेको र नेपाल जस्तो देशमा यसको असर परेको खण्डमा नेपाल झनै समस्या ग्रस्त हुन्छ र यसलाई सजिलै थेग्न सक्दैन कि भन्ने डर र आशंकाले गर्दा २०७६ चैत्र ११ गते देखि पहिलो चरण २०७७ असारसम्म घोषितरुपमा र दशैं तिहार र त्यसपछी अघोषितरुपमा हामी साधारण (साधारण नेपाली भन्नाले सरकारी जागीर नभएका, पेन्सन पनि नभएका, सानो ब्यापार ब्यावसाय गरेर गुजारा चलाउने, दैनिक ज्याला मजदुरी गर्ने) नेपालीले लकडाउन अर्थात बन्दाबन्दीमा बसेर पहिलो चरण जसो तसो उतारियो ।

त्यसपछी २०७८ बैशाखदेखि पुनः पहिलेको भन्दा कडारुपमा कोरोना उर्लिएर आयो यसले त करिव चार हजार भन्दा बढीको ज्यानै लिईसक्यो भने संक्रमित पनि लाखौं नाघ्यो । अझ बाल बालिकाहरुलाई पनि कोरोनाको नयाँ भेरियन्टले असर गर्न सक्छ भन्ने हल्ला पनि छदंैछ । कोरोना कहर वास्तवमै डरलाग्दो अवश्य छ किन भने डाक्टर, नर्सदेखि शिक्षकहरुलाई पनि यसले छोडेन ।

यस वर्ष अर्थात २०७७ मा नेपालमा धेरै परीक्षार्थीहरुले एसईईको परीक्षाको तयारी गरिरहेका थिए । ति सबैे जेष्ठ १३ गतेदेखि सुरुभएर २४ गतेसम्म हुने तय भएको परीक्षा पुनः स्थगित भएको छ र बिद्यालयहरुले स्वःमुल्याङ्कन बिधिबाट बिद्यार्थी मल्याङ्कन गर्ने तयारी र कार्यन्वयन हुँदैछ ।

यसले परीक्षार्थीमा मनोवैज्ञानिक असर अवष्य नै परेको छ । लगातार लकडाउनपछी घरमा बसेका बिद्यार्थीहरु यस समय उपयोग गर्ने र थप पढाइको लागि समय पाएकोमा पनि खुशी छैनन् । खासगरी एसईई परीक्षा र कक्षा ११ र १२ को परीक्षा दिने तयारी गरिरहेका तर, घरमै लकडाउनमा बसेका बिद्यार्थीहरुलाई पढाई कस्तो छ भनेर प्रश्न सोध्यो भने उनीहरुको जवाफ हुन्छ “पढ्ने मन छैन ।” , “पढेको पनि छैन ।” आदि... आदि ।

Kids Festival 2022
kanti aarogya hospital
add

बिद्यार्थीको योजना के थियो र के भयो ?

बिद्यार्थी जीवन जीवनको एक महत्वपूर्ण अवस्था हो । बिद्यार्थीहरुले धेरै योजना बनाएका हुन्छन् । उनीहरुमा धेरै उत्सुक्ता र प्रश्नहरु हुन्छन् । कसरी आफ्नो करियर विकास गर्ने, कुन बिषय पढ्ने, कहाँ पढ्ने वा कुन कलेज वा विश्व बिद्यालय पढ्ने ? आदि आदि । वास्तवमा हो पनि । किन भने जीवनको यस घडीमा योजना बनाउन सकिएन भने जीवन कता लैजाने भन्ने पनि अन्यौल हुन्छ । योजना बनाउन बिद्यालयहरुले पनि सिकाउनु पर्दछ र घरले पनि । हरेक बिद्यार्थीले यस अवस्थामा योजना बनाएका हुन्छन् ।

त्यही योजना साकार बनाउन पनि परीक्षा महत्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा योजनामा ब्रेक लाग्यो भने पुरै जीवनको बाटो फरक पर्न सक्छ । वास्तवमा शिक्षा क्षेत्रको यति ठूलो सञ्जाल र संरचना बनेको अवस्थामा खासै असर त नपर्ला तर, बिद्यार्थीहरुलाई आस्वस्थ पार्न सरकारले अहिलेसम्म केही पनि गरेको छैन । जनताको स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, बाटोमा अलपत्र परेका यात्रुहरु चर्चामा आईरहेका छन् जुन कुरा आवश्यक हो ।

यस्तै परीक्षा स्थगित भएर घरमा बसेका बिभिन्न तहका बिद्यार्थीहरुका बारेमा न संघीय सरकार न प्रदेश सरकार बोलेको छ । अचम्म लाग्छ, के बिद्यार्थीहरु देशको भविष्य होईनन् ? एउटा भनाई छ ''Children Can't Wait'' त्यसैले बाल बालिकाको शिक्षालाई हेलचक्राँई गर्नु हुदैनथ्यो । पहिलो वर्षको कोरोना कहरले बिद्यार्थीमा पारेको असरलाई ध्यान दिएर यस वर्ष सुरुमा नै बिद्यार्थीको पहूँचमा पुग्नेगरी सुगम जिल्लामा बिद्यार्थी ईन्टनेटको पहूँच पाउन कोसिस गरेका छन् । सुगमका बिद्यालयहरुले बिद्यालयहरुमा ईन्टरनेटको ब्यवस्था गरेका छन् । यो प्रयास प्रशंसनिय नै छ । गत सालको भन्दा यस वर्षको भर्चुअल कक्षा केही प्रभावकारी भने अवश्य छ । यो अध्ययनले देखाउला ।

कोर्ष पुरा नगरी गरिएको स्वःमुल्याङ्कन के हुन्छ ?

यस वर्ष शैक्षिक शत्र पनि अन्यौलमा गत वर्ष आषाढ १ गते देखि शुरु भयो । अनलाईन र भर्चुअल बिधिबाट कक्षा सञ्चालन गर्न प्रधानमन्त्री र तत्कालिन शिक्षामन्त्री ज्युले मुखै फोडेर भन्नु भयो तर, कति बिद्यालयमा बिद्युत्त छ, कतिमा ईन्टरनेट छ ?, कति बिद्यार्थीको घरमा ईन्टरनेट सुबिधा छ ? ईन्टरनेटमा बिद्यार्थीले के बिषयबस्तु हेर्छन् ? अर्थात फेसबुक र युट्युव वा कोर्ष ? भनेर सोचेन । भर्चुअल कक्षा शुरु पनि भयो तर, यसको प्रभावकारीता के भयो भनेर जाँच नै नगरी पुनः स्वःमुल्याङ्कन शुरु भएको छ । कोर्ष कहिं कतै पनि पुरा हुन सकेको अवस्था छै । दुर्गममा त यो हुने कुरै भएन । भएको छैन र भएन । यो कति बैध हुन्छ । यो त भबिष्यले नै बताउला ।

स्थानीय तहको भूमिका अझ बढाउन आवश्यक छ

यस अवस्थामा स्थानीय तह र सम्बन्धित बिद्यालयहरुले कुनै नयाँ बिधि अपनाएर ती बिद्यार्थीहरुलाई शानत्वना दिने खालको कृयाकलापहरु अपनाउन सक्नु पर्दछ । अहिले कतिपय स्थानीय तहहरुले बिद्यार्थीलाई एफएम रेडियो बितरण गर्ने काम यस वर्षको बजेटमा पाईयो यो सह्रानिय बिषय भएको छ । कतिपयले बिद्यालयमा ईन्टरनेट जडान गर्ने बजेट समेटेका छन् । यो पनि सह्रानिय बिषय हो ।

स्थानीय एफएम रेडियोबाट पढाइ÷सीकाइका गतिबिधीहरु सञ्चालन गरिएको छ र तिनै माध्ययमबाट मनोसामाजिक परामर्श दिई राखिएको छ । गाह्रो मानिएका बिषयहरु जस्तो गणित, बिज्ञान र अंग्रेजी बिषयहरुलाई हरेक दिन एक–दुई घण्टा यसको पढ्ने तरिका र केही अप्ठ्यारा प्रश्नहरुको समाधान सहितको रेडियो कार्यक्रमहरु प्रशारण भएका छन् ।, मनोसामाजिक परामर्शको कार्यक्रमहरु पनि प्रशारण गर्ने र परीक्षाको बिषय के भईरहेको छ, परीक्षा हुने संभावित मितिहरु र महामारीको बेला बिद्यार्थीहरुको भूमिका र बच्ने उपायहरु प्रशारण भईरहेको छ । उनीहरुलाई हौसला प्रदान गरि रहनका लागि घरमा बाबु–आमाले र बुझेका अन्य परिवारका सदस्यहरुले उनीहरको योजना बिचलन हुन नसक्ने कुरा गरिरहेको पनि पाईन्छ । यो सबै गत सालको कोभिडको प्रभावले सिकाएको हो । भनिन्छ “आवश्यक्ता नै आविस्कारको जननी हो ।”

बिद्यालयको भूमिका अरु थप के हुन सक्छ ?

बिद्यालयहरुले यो लकडाउनको अवस्थामा स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गर्दै लकडाउनको आचारसंहितालाई पालना गर्दै बिद्यार्थीको घरदैलो भेटघाट गर्ने गर्नु पर्दथ्यो । बिद्यार्थीको घर–घरमा गएर आवश्यक कोचिङ्ग–काउन्सेलिङ्ग गर्ने, यो अवस्था संग नडराउने, पढाइ र अभ्यासलाई निरन्तरता दिने, घरबाहिर नजाने र घरमै बसेर आवश्यक रुटिन सहित पढाइलाई नियमितता दिने जस्ता पढाइका अत्यावश्यक तौरतरिकाहरु सिकाउने कार्य गरिदिएको भए राम्रो हुने थियो । जसरी स्वास्थ्यकर्मीलाई पीपिई, ग्लोवस, मास्क र अन्य सेनिटाईजरको ब्यवस्था गरिएको छ त्यसरी नै घरमै लकडाउनमा बसेका बिद्यार्थीहरुलाई परामर्श दिने शिक्षकहरुलाई पनि सोहीबमोजिम ब्यवस्था गरेर कोचिङ्ग काउन्सील गर्ने ब्यवस्था गर्नु पर्दथ्यो ।

सरकारको भूमिका अझ बढाउन आवश्यक छ

यो वर्ष आएको यो नयाँ भेरियन्टमा गरिएको लकडाउनको अवस्था थपिरहनु पर्दापनि सरकारले शिक्षा सुधार र यसमा असर नपर्ने र नपार्ने बिषयमा बोलेको पाईदैन वा पाईएन । ठिक छ यसले मानव जीवनमा पार्ने नकारात्मक र देशको आर्थिक विकासमा पर्ने असरहरुकाबारेमा अर्थ मन्त्रीहरुलगायत प्रधानमन्त्री ज्युले सम्मले सम्वोधन गरिरहनु भएको छ । यो प्रशंसनीय नै छ । शिक्षामन्त्री ज्युले पनि बिद्यार्थीको बारेमा चिन्ता ब्यक्त गर्दै यहि साउन १ गतेदेखि यस वर्षको सेशन शुरु गर्ने भनेर निर्देशन दिनु भएकोमा धन्यबादको पात्र नै हुनुहुन्छ ।

यति हुंदा हुंदै पनि सरकारले शिक्षा क्षेत्रलाई वास्तवमा लत्याएको नै हो । यसरी लत्याईएको क्षेत्रबाट हामीले कसरी युणस्तरीय उत्पादन दिन वा लिन सक्छौं ? जे भएपनि सरकारले कोशिस गरिरहेकोमा धन्यबादको पात्र अवश्य बनेको छ । तर, यस आर्थिक वर्ष २०७८/०७९ मा पनि संघीय सरकारले शिक्षा क्षेत्रलाई जम्मा ११.८८ प्रतिशतमात्र बजेट बिनियोजन गर्यो भने प्रदेश र स्थानीय सरकाले त्यो भन्दा पनि कम बजेट छुट्याएको पाईन्छ । शिक्षामा जम्मा बजेटको कम्तीमा २० प्रतिशत बजेट छुट्टीनु आवश्यक हुन्छ भन्ने  अन्तर्राष्ट्रिय मान्यता पनि छ । तर, त्यसो हुन सकेन ।  भनिन्छ “एक वर्षको योजना गर्नु छ भने खेती गर । यदि दश वर्षको योजना गर्नु छ भने रुख रोप र सय वर्षको योजना गर्नु छ भने  बालबालिकालाई  पढाऊ” भनेर  भनिन्छ । अर्को भनाई पनि छ “देश बिगार्नु छ भने बम, बारुत र बन्दुक बनाउनु पर्दैन केवल शिक्षा बिगारे पुग्छ । ”

भर्खरमात्र संघीय, प्रदेश र धेरैजसो (अधिकांस) स्थानिय सरकारहरुले यस आर्थिक वर्षको बजेट ल्याएका छन । स्वास्थ्य र कृषि क्षेत्र बढी प्राथमिकता परेको देखिन्छ । तर, शिक्षालाई पनि पुरानै शैलीमा ल्याउने प्रयास गरिएको छ । तर, खुशीको कुरो बिदार्थीलाई रेडियो बितरण गर्ने, ल्यापटप किन्न ऋण उपलब्ध गराउने र पुर्वाधार पुगेका शैक्षिक संस्थामा ईन्टरनेट जडान गर्ने, बाल विकासका सकाको पारिश्रमिक बढाउने जस्ता नीति तथा कार्यक्र स्वागतयोग्य नै छन् । कोरोना कहरका कारण थला परेको शिक्षा क्षेत्रलाई अनलाईन र भर्चुअल बिधि लागू गर्न सरकाले देखाएको प्रयासले शिक्षामा अझ प्रगति हुने अवश्य देखिन्छ ।
धन्यवाद ।