नेपालगन्ज २९ मंसिर : बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुँदैछ । बाघ गणना फागुन मसान्तमा सकिनेछ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए ।
बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने खटिने श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना थालिएको हो ।
हरेक चार वर्षमा बाघ गणना गरिन्छ । मंसिर १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको छ । चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सकिएलगत्तै शुक्लाफाँटा कम्प्लेक्समा बाघ गणना सुरु गरिने निकुञ्जले जनाएको छ ।
सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर अर्थात् दुई सय ५० पर्याउने सरकारको लक्ष्य छ ।
बर्दियामा पछिल्लो गणनामा ८७ वटा र बाँकेमा २१ वटा बाघ भेटिएकोमा यस वर्ष बाघको संख्या बढ्ने र १ सय १५ देखि १ सय २५ को संख्यासम्म पुग्ने अनुमान निकुञ्जको छ ।
बाघ गणनामा ७ सय वटा ग्रिडमा ७ सय २० वटा क्यामेरा राखिने भएको छ । एउटा ग्रिडमा कम्तीमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्र्याप राखिनेछ । एक दर्जन हात्ती, प्राविधिक, कर्मचारीसहित झण्डै तीन सय जना बाघ गणनामा खटिने भएका छन् ।
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो
समाचारकक्षबाटै धमाधाम पत्रकार उठाउँदै प्रहरीको टोली
कैलालीका दिनेश कसरी बने ‘वनएक्स बेट’का मुख्य एजेन्ट?