देशभरका रेडियोकर्मी नेपालगन्जमा

अकोराबको राष्ट्रिय सम्मेलनले सामुदायिक रेडियो आन्दोलनलाई थप बलियो बनाउँछ : अध्यक्ष गिरी


अकोराबको राष्ट्रिय सम्मेलनले सामुदायिक रेडियो आन्दोलनलाई थप बलियो बनाउँछ : अध्यक्ष गिरी

नेपालगन्ज ९ चैत्र : सामुदायिक रेडियो सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघ ९अकोराव० नेपालको १६ औँ वार्षिक साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको छ ।

अकोरावको २२ औँ स्थापना दिवसका अवसरमा बुधबार नेपालगन्जमा हुने रेडियो सम्मेलन तथा साधारण सभाको तयारी पुरा भएको केन्द्रीय अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

रेडियो सम्मेलन तथा साधारण सभाको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले सबै तयारी पुरा भएको बताए । साधारण सभाको कार्यक्रमका प्रमुख अतिथी एवम् कानून न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार विहान ८ बजे उद्घाटन गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

नेपालगन्जको होटल सिद्धार्थ भ्यूमा दुई दिनसम्म चल्ने उक्त सम्मेलनले सामुदायिक रेडियो आन्दोलनलाई थप बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको उनले बताए ।

साधारण सभाको उद्घाटन शत्रमा सामुदायिक रेडियो प्रशारक संघका पुर्वअध्यक्षद्वय मिनबहादुर शाही र मोहन चापागाई, सामुदायिक रेडियो स्थापनामा अगुवाई गरेका दधिराम सुवेदी, थारु समुदायका बरघर पतिराम थारु र नेपालगन्जका कलाकार श्यामानन्द सिंहलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

साधारण सभाको बन्द शत्रमा सामुदायिक रेडियोको वर्तमान अवस्था, आगामी रणनीति लगायत विषयमा ब्यापक छलफल हुने बताइएको छ । रेडियो सम्मेलन तथा साधारणसभामा रेडियोको भावी कार्यदिशा, प्रतिबद्धता र विभिन्न निकायहरुसंगको अपेक्षासहित नेपालगञ्ज घोषणापत्र जारी गरिने बताए । सम्मेलनमा ‘सामुदायिक रेडियोले हासिल गरेका उपलब्धि एवं यस क्षेत्रका चुनौतीहरुका साथै सामुदायिक रेडियोहरुको अबको बाटो’ विषयमा छलफल गरिने अध्यक्ष गिरीले जानकारी दिए ।

अकोराबको सम्मेलनमा बालविवाह, स्थानीय सरकार र रेडियो, सामुदायिक रेडियोका अनुकरणीय अभ्यास, सामुदायिक रेडियो अवसर, चुनौती र अबको बाटो, सामुदायिक रेडियो र महिला, भाषाभाषी कला संस्कृति संरक्षणमा रेडियोको भूमिका, आदिवासी जनजाति, दलित, मधेसी तथा सिमान्तकृत वर्गका लागि रेडियो विषयमा सरोकारवालाबीच अन्तरसंवाद कार्यक्रम हुने अध्यक्ष गिरीले जानकारी दिए ।

अकोरावमा हाल देशभरका ३ सय ६१ सामुदायिक सदस्य रेडियो आबद्ध छन् । प्रत्येक रेडियो स्टेशनबाट एक/एक जना प्रतिनिधी साधारण सभामा सहभागी हुन आउने अकोरावका महासचिव किशोरजंग थापाले जानकारी दिए । सामुदायिक रेडियोको हक, हित र अधिकारका लागि वि.सं २०५७ चैत्र ९ गते स्थापना भएको सामुदायिक रेडियो प्रसारक संघले दुई दशक पार गरिसकेको छ । आज अकोराबको स्थापना दिवस पनि हो । सामुदायिक रेडियो देशका ७७ वटै जिल्लाहरुमा सञ्चालनमा छन् ।