काठमाडौं। कांग्रेस १५ औं महाधिवेशन उद्घाटन तय भएको मितिभन्दा दुई दिन पछि सारिएको छ। यसअघि असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने भन्दै नेपाली काँग्रेसले देशका सबैजसो राजनीतिक दलका नेतृत्व तथा विदेशका पाहुनाहरूलाई समेत निम्तो गरिसकेको थियो।
अहिले क्षेत्रीय अधिवेशनहरू भइरहेका छन्। वडा अधिवेशन हुँदै क्षेत्रीय अधिवेशनसम्म आइपुग्दाको अवधिमा देशैभरि वर्षा भएपछि विभिन्न विपदहरू आए। जसका कारण महाधिवेशन उद्घाटन दुई दिन सार्नुपरेको नेपाली काँग्रेसले जनाएको छ।
‘१५ महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्। यसै बीचमा देशमा बिभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ’ पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्तिमार्फत भनेका छन् यस परिस्थितिलाई मध्येनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २स् ०० बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ।’
नेपाली काँग्रेसले १५ महाधिवेशनअन्तर्गत यही असोज ३ गतेदेखि वडाहरूमा अधिवेशन सुरु गरेको थियो। अब क्षेत्रिय महाधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरू चुनिएर आएपछि महाधिवेशन औपचारिकरुपमा सुरु हुनेछ।
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व