नेपालगन्ज। एउटा अडिओ विवादमा पक्राउ परेका नेपालगन्जका पत्रकार आशिष मल्ललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
मंगलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मल्ललाई २४ घण्टाभित्र उपस्थित गराई लिखित जवाफ पेस गर्न गृह मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंका नाममा आदेश जारी गरेको हो।
आफ्ना श्रीमानलाई विनापुर्जी गत असोज ७ गते राति पक्राउ गरिएको दाबीसहित मल्लकी श्रीमती भावना बुढाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन्। हातहतियारसहित आएका प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७, फिक्कल चोकस्थित मल्लकी बहिनीको घरबाट पक्राउ गरेको भनाइ रिट निवेदक बुढाको छ।
सर्वोच्चको आदेशअनुसार मल्ललाई असोज १४ गते १० बजे महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित अदालतमा उपस्थित गराउनुपर्नेछ।
विवादमा तानिएकाे अडिओ प्रकरण के हाे?
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व