काठमाडौं। रुपन्देहीमा एकजना महिला ठूलो परिमाणको सुनका गहनासहति पक्राउ परेकी छिन्।
भारतबाट नेपाल आउँदै गरेकी उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सुराकीका आधारमा गरिएको जाँचका क्रममा ठूलो परिमाणमा सुनका गरगहनासहित प्रहरीले नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले बुधबार राति करिब ८ बजे भारतबाट नेपाल प्रवेश गर्दै गरेकी काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
त्यसपछि इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी नायब निरीक्षक लालबहादुर केसीको कमाण्डमा तीन प्रहरी सदस्यको टोलीसमेत बोलाएर संयुक्त रुपमा खानतलासी गर्दा उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुबाट निर्मित विभिन्न प्रकारका गरगहना बरामद भएको डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराइले बताए।
भट्टराईका अनुसार बरामद गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको थियो। त्यसलाई सुनचाँदी व्यवसायी संघ रुपन्देहीमार्फत परीक्षण गराउँदा त्यसमा एक किलो ग्राम सुन रहेको पुष्टि भएको हो। परीक्षणपछि सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको उनले बताए।
बरामद गरगहनामा विभिन्न डिजाइनका ९ वटा हार, ८१ वटा औँठी, १३ वटा चुरा, चारवटा माला, हसुली किसिमका आठवटा सिक्री, पत्थरसहितका २० वटा झुम्का, २४ वटा झुम्का, १४ वटा गोली औँठी, एकवटा लकेट ९जन्तर०, १७ वटा पोते तथा २४ वटा सिक्री रहेका छन्।
त्यस्तै, १८८ जोर बाली तथा जुली, पत्थरसहितका ६४ जोर टप, २२ वटा नाकफूली, दुईवटा पत्थरवाला हार, १० वटा साना झुम्का, ११ जोर कानबाली र आठवटा ब्रेसलेट समेत बरामद भएको छ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएकी पटेल र बरामद गरगहनालाई आवश्यक कारबाहीका लागि असोज १५ गते भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाएको जनाएको छ।
भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामध्ये पर्ने बेलहिया क्षेत्रमा पछिल्लो समय अवैध रुपमा सुन तथा अन्य बहुमूल्य वस्तुको ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाउँदै आएको छ। यस घटनामा बरामद सुनको स्रोत, भन्सार प्रक्रिया तथा ओसारपसारको उद्देश्यबारे थप अनुसन्धान र कारबाही भन्सार कार्यालयबाट हुने भएको छ।
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल
नेपाली काँग्रेसको महाधिवेशन : देउवाको समूहले आजदेखि वडाबाट सुरु गर्देैछ
इन्जिनियर सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीले भने- राजनीति कम गर्नूस्, दक्षता देखाउनुस्