नेपालगन्जमा अकोराबको राष्ट्रिय सम्मेलन

रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्धः मन्त्री बडु


रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्धः मन्त्री बडु

नेपालगन्ज ९ चैत्र : कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएकाछन् । सामुदायिक रेडियो प्रशारक संघको १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको बुधबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले यस्तो बताएका हुन् ।

उनले रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिदैँ रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

२०६२/६३ को जनआन्दोलनपछि नेपालमा रेडियो अभियानले नयाँ गति लिएको मन्त्री बडुको बुझाई छ । उनले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतका काम सरकारले गरेको बताउँदै रेडियोको बृद्धिविकासमा अझ थप काम गर्न बाँकी रहेको बताए ।

उनले लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्ने सवालमा रेडियोहरुको भूमिका महत्वपूर्ण भएतापनि मानव जिवनस्तर उकास्ने र सम्बृद्धिलाई जोड्नेगरी समसापेक्ष आफ्ना प्रशारण सामग्री उत्पादन गर्नुपर्ने सुझाए ।

Kanti Aarogya Hospital Nepalgunj

उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले राज्यको स्पष्ट नीति नहुँदा सामुदायिक रेडियोहरुले थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताए । सामुदायिक रेडियोहरुको अलग पहिचान स्थापित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने गिरीको जोड थियो । उद्घाटनमा विभिन्न धर्मका धर्मगुरुहरुले सामूहिक मन्त्रोच्चारण गरेका थिए ।

उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साधारण सभाको उद्घाटन शत्रमा सामुदायिक रेडियो प्रशारक संघका पुर्वअध्यक्षद्वय मिनबहादुर शाही र मोहन चापागाई, सामुदायिक रेडियो स्थापनामा अगुवाई गरेका दधिराम सुवेदी, थारु समुदायका बरघर पतिराम थारु र नेपालगन्जका कलाकार श्यामानन्द सिंहलाई सम्मान गरिएको थियो ।

दुई दिनसम्म चल्ने १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा देशभरका ७७ जिल्लाबाट ३६१ सामुदायिक रेडियोका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्मेलन बिहीबार सकिने सामुदायिक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापाले जानकारी दिए ।

अकोराबको सम्मेलनमा बालविवाह, स्थानीय सरकार र रेडियो, सामुदायिक रेडियोका अनुकरणीय अभ्यास, सामुदायिक रेडियो अवसर, चुनौती र अबको बाटो, सामुदायिक रेडियो र महिला, भाषाभाषी कला संस्कृति संरक्षणमा रेडियोको भूमिका, आदिवासी जनजाति, दलित, मधेसी तथा सिमान्तकृत वर्गका लागि रेडियो विषयमा सरोकारवालाबीच अन्तरसंवाद गरिएको थियो । सामुदायिक रेडियोको हक, हित र अधिकारका लागि वि.सं २०५७ चैत्र ९ गते स्थापना भएको सामुदायिक रेडियो प्रसारक संघले दुई दशक पार गरिसकेको छ । आज अकोराबको स्थापना दिवस पनि हो । सामुदायिक रेडियो देशका ७७ वटै जिल्लाहरुमा सञ्चालनमा छन् ।