वडाअध्यक्ष बर्माले गरे ब्यवसायीक भवनको शिलान्यास


वडाअध्यक्ष बर्माले गरे ब्यवसायीक भवनको शिलान्यास

नेपालगन्ज ९ चैत्र : वडाअध्यक्ष दीपक बर्माले व्यवसायीक भवन शिलान्यास गरेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का वडाअध्यक्ष बर्माले वडा कार्यालयसंगै रहेको मावि लग्दहवाको जग्गामा ६ वटा सटरसहितको ब्यवसायीक भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।

वडाअध्यक्ष बर्माले शिलान्यास गरेको उक्त ब्यवसायीक भवनमा कुल ३५ लाखको लागतमा ६ वटा सटरसहितको ब्यसायिक भवन निर्माण गरिनेछ ।

हाल उक्त बिद्ययालयमा कक्षा १० सम्म अध्यापन भइरहेको छ । तर, शिक्षक दरबन्दी एक जना मात्र रहेकाले विद्यार्थी अध्यापनमा कठिनाई भोगेको विद्यालयलाई ब्यवसायीक भवन निर्माणले राहत दिने वडाअध्यक्ष बर्माले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

वडाअध्यक्ष बमाले शिक्षक दरबन्दी नहुनु, विषयगत शिक्षक नहुनुले विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको छ भने शैक्षिक स्तर समेत कमजोर हुँदा ब्यवसायिक भवन निर्माण गरि यसबाट हुने आम्दानीबाट शिक्षक पदपूर्तीसंगै गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ब्यवसायीक भवन निर्माण गर्न लागेको बताए ।

अध्यक्ष बर्माले केहीदिन पश्चात थप २० लाखको लागतमा सोही विद्यालयमा ४ कोठाको भवन निर्माण गरिने बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा वडामा रहेको पाटेश्वरी प्राबि भुजइगाउँको विद्यालयमा माटो पटानका लागि ५ लाखको बजेट विनियोजन गरिएको र केही दिनमै माटो पटान शुरु गरिने बताए ।