कर्मचारी मिलन केन्द्र बाँकेको नयाँ नेतृत्व चयन


कर्मचारी मिलन केन्द्र बाँकेको नयाँ नेतृत्व चयन

नेपालगन्ज १३ चैत्र : सेवा प्रवाहमा तथा विकास निर्माणमा सहजिकरण, कर्मचारीहरुबिच भाइचारा र बन्धुत्व विकास गर्नको एउटा स्वतन्त्र र साझा संस्थाको रुपमा रहेको कर्मचारी मिलन केन्द्र बाँकेको अधिवेशन यही चैत्र १२ गते कोहलपुरमा सम्पन्न भएको छ ।

उक्त अधिवेशनले मिलन केन्द्रको अध्यक्षमा कोष तथा लेखा नियन्त्र कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक खडानन्द अधिकारी, उपाध्यक्षमा जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डे, सचिवमा औद्योगिक क्षेत्र लिमिटेडका कार्यालय प्रमुख, कृष्ण पुन, सह सचिवमा कुखुरा विकास फर्म खजुराका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपाने, कोषाध्यक्षमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख अमित भूषण सुमनलाई चयन गरेको छ ।

कार्य समिति सदस्यहरुमा जिल्ला अदालत बाँकेका श्रेस्तादार तर्कराज भट्ट, औषधी व्यवस्था कार्यालयका कार्यालय प्रमुख निनु श्रेष्ठ, खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका कार्यालय प्रमुख सन्तोष दाहाल, कर्मचारी संचय कोष कोहलपुरका अधिकृत मनोज लामिछाने, डिभिजन वन कार्यालय बाँकेका, सहायक वन अधिकृत गणेश बहादुर खड्का, कृषि अनुसन्धान निर्देशनालय खजुराका प्राविधिक अधिकृत सुमन बाहोरा र रविन गिरी तथा नेपालगन्ज उपमहांनगरपालिकाका अधिकृत दीपेन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

त्यसै गरी अधिवेशनले मिलन केन्द्रको सल्लाहकारमा जिल्ला अदालत बाँकेका न्यायाधिश खडानन्द तिवारी, संरक्षकमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, सल्लाहकारमा प्रमुख सेनानी जनमत कार्की, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत, उप अनुसन्धान निर्देशक नरेन्द्र गिरीलाई समेत चयन गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नवनिर्वाचित कार्य समितिले नियमित रुपमा अतिरिक्त क्रियाकलाप तथा मनोरञ्जन, खेदकुद, रक्तदान, कर्मचारीहरुको स्वागत तथा विदाई, नव वर्षमा शुभकामना आदानप्रदान जस्ता गतिविधीहरु सञ्चालन गर्ने प्रतिवद्वता समेत जनाएको छ ।