सरोकारवालाद्वारा समृद्ध नेपालगन्जका १४ एजेण्डा छनोट


सरोकारवालाद्वारा समृद्ध नेपालगन्जका १४ एजेण्डा छनोट

नेपालगन्ज १४ चैत्र : समृद्ध नेपालगन्जका लागि सरोकारवालाले १४ वटा एजेण्डा छनोट गरेका छन् । पश्चिम नेपालको लोकप्रिय रेडियो कृष्णसार १४ औं वर्ष प्रवेशको अवसरमा सोमबार नेपालगन्जमा आयोजना गरिएको ‘नेपालगन्जका १४ सम्भावना’ विषयक कार्यक्रममा समाजका प्रबुद्ध वर्गले १४ वटा एजेण्डाबाट नेपालगन्ज समृद्ध हुने बताएका हुन् ।

उनीहरुले यी एजेण्डाले नेपालगन्ज आर्थिक, सामाजिक, राजनीतिक, भौतिक पूर्वाधारका क्षेत्रमा विकास भए पनि अझै सुधार गर्नुपर्ने, गुरुयोजना बनाउनु पर्ने र दीगो विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

रेडियो कृष्णसारका प्रमुख कार्यकारी प्रमुख तुला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का अध्यक्ष अर्जुन गिरी, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, काँग्रेस बाँकेका उप–सभापति गोपाल अधिकारी, सचिव सुधांशु कोइराला, माओवादी केन्द्रका अक्कलबहादुर बम, पत्रकार झलक गैरे, मेडिकल कलेज सञ्चालक डाक्टर सुरेशकुमार कनोडिया, फातिमा फाउण्डेसनकी अध्यक्ष मौमुना सिद्धिकी, अधिकारकर्मीत्रय भोला महत, वसन्त गौतम र विश्वजीत तिवारी, उप–प्राध्यापक प्रकाश लामिछाने, साहित्यकार ऋचा लुँइटेल, उद्योगी सञ्जय अग्रवाल, पत्रकार खगेन्द्र दाहाल, रेडक्रसकर्मी दोलखबहादुर डाँगीलगायतले रेडियो कृष्णसारको सफलताको कामना गर्दै समृद्ध नेपालगन्जबारे धारणा राखेका थिए ।

सरोकारवालाबाट आएका सुझावका आधारमा पत्रकार शंकरप्रसाद खनालले १४ वटा एजेण्डा तयार पारेका थिए । तयार पारिएका १४ वटा एजेण्डालाई पत्रकार खनालले सार्वजनिक गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यी हुन् समृद्ध नेपालगन्जका १४ एजेण्डा
१. सामाजिक सद्भाव, सांस्कृति र धार्मिक सहिष्णुताको सहर
२. भाषाले जोडेको सहर
३. शिक्षा र स्वास्थ्यको हब
४. औद्योगिक, व्यापार÷व्यवसायको हब
५. क्यासिनो सिटी
६. परम्परागत परिकारको सहर
७. बाघ पर्यटन र पर्यटनको गेटवे
८. प्राविधिक शिक्षाको हब
९. कृषि क्षेत्र
१०. समाजसेवी स्वयंसेवी र युवाको नमूना सहर
११. धेरै सरकारी सेवा सुविधा प्रवाहको उपलब्ध सहर
१२. खेलकुदको सहर
१३. जडिबुटीको हब
१४. शक्तिपीठ बागेश्वरी मन्दिर र मानसरोवर तीर्थयात्रा सर्किट