नेपालगन्ज १५ चैत्र : बढ्दो पत्रकारिताको क्रेजलाई मध्यनजर गरि नेपाल पत्रकार महासंघ बाँके शाखाले १५ दिने आधारभूत पत्रकारिता तालिम शुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पत्रकारिता तालिमको उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले शुभारम्भ गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालगन्ज–१ का वडा अध्यक्षसमेत रहेका रिजालले पत्रकारिता तेस्रो आँखाका रुपमा रहेकोले स्थानीय सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रो काममा मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका सल्लाहकार तथा प्रेस सेन्टरका अध्यक्ष डक्टप्रसाद धिताल, प्रेस चौतारी नेपाल बाँके शाखा अध्यक्ष दुर्गा रोकाय र तालिमका प्रशिक्षक अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले तालिम सफलताको कामना गरेका थिए ।
तालिममा नेपालगन्जका २५ जनाको सहभागिता रहेको छ । १५ दिने आधारभूता पत्रकारिता तालिममा समाचार लेखन शीप, सवाल पहिचान, पत्रकार आचारसंहिता, सञ्चारमाध्यमको भूमिका, पत्रकार र पत्रकारिताका बहुआयामका विषयमा प्रशिक्षण गरिने महासंघ बाँके शाखाका सचिव कमल डाँगीले जानकारी दिए ।
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल
नेपाली काँग्रेसको महाधिवेशन : देउवाको समूहले आजदेखि वडाबाट सुरु गर्देैछ
इन्जिनियर सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीले भने- राजनीति कम गर्नूस्, दक्षता देखाउनुस्