श्यामानन्द वृहत एकल कला प्रदर्शनी समापन


श्यामानन्द वृहत एकल कला प्रदर्शनी समापन

नेपालगन्ज १६ चैत्र : नेपालगन्जमा जारी श्यामानन्द वृहत एकल कला प्रदर्शनी भव्यताका साथ समापन गरिएको छ ।

नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्वारा सिर्जीत हस्तकला, मुर्तीकला र चित्रकलासहितको निःशुल्क प्रदर्शनी चैत्र १२ गतेदेखि १५ गते सम्म सञ्चालन भएको थियो ।

बागेश्वरी मन्दिर पार्क परिसरमा सञ्चालित प्रदर्शनीको मंगलबार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं श्यामानन्द कला संस्कृति प्रतिष्ठान, नेपाल बाँकेका सल्लाहकार शुक्रऋषि चौलागाईले समापन गरे ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष समेत रहेका चौलागाईले कला कृति र सीर्जनाको जीवन्तताका लागि संग्राहलय स्थापनामा जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

कला/संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्न स्थानीय सरकार स्वयं अग्रसर रहनु पर्ने उनको भनाई थियो ।

विभिन्न प्लाष्टिक, दप्ती, कागजबाट निर्मीत हस्तकला, मुर्तीकला, चित्रकलाका विभिन्न कलाकृति र सिर्जनाहरुसहितको प्रदर्शनी करिव १० हजारले अवलोकन गरेको श्यामानन्द कला संस्कृति प्रतिष्ठान, बाँकेका अध्यक्ष सागरसिंह ठकुरीले जानकारी दिए ।

समापन समारोहमा बोल्दै वरिष्ठ कलाकार श्यामानन्दसिंह ठकुरीले आफुले सिर्जना गरेका हस्तकला, चित्रकला भावी सन्ततीका लागि सुरक्षित राखीदिन अपील गरे ।

प्रतिष्ठानका अध्यक्ष सागरसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र जोशी, कलाकार सुन्दर गुरुङ लगायतका वक्ताहरुले कला र कलाकार सम्मान गर्ने संस्कृतिको विकासमा जोड दिए ।