नेपालगन्ज:बझाङ जिल्ला सदरमुकाम चैनपुर नजिकै सोमबार भएको जीप दुर्घटनाबाट १० जनाले ज्यान गुमाएको घटना सेलाउन नपाउदै अर्को जीप दुर्घटना भएकोछ ।
मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कणार्लीमा खसेकोछ ।
कर्णाली नदीमा जीप खस्दा कम्तीमा १० जना वेपत्ता भएका छन् । स्थानीय याङ्चु भन्ने स्थानमा जीप दुर्घटना भएर कर्णाली नदीमा खसेको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी ढोलक ढकालले जीपमा १० जना बढी सवार रहेको जानकारी दिँदै गाडी र यात्रुको अवस्था थाहा हुन नसकेको जानकारी दिए ।
यद्यपी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेकोकछ । यो समाचार तयार पारुञ्जले जीप र यात्रुको खोजी भइरहेको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकीछ ।
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत