नाट्टा बाँके च्याप्टरको अध्यक्षमा सिग्देल सर्वसम्मत निर्वाचित


नाट्टा बाँके च्याप्टरको अध्यक्षमा सिग्देल सर्वसम्मत निर्वाचित

नेपालगन्ज २० चैत्र : नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको अध्यक्षमा श्रीराम सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार नेपालगन्जको मेरो प्लानेटमा भएको नाट्टा बाँके च्याप्टरको दोस्रो साधारणसभा तथा अधिबेशनबाट अध्यक्षमा श्रीराम सिग्देल सर्वसम्मत निर्वाचित भएका हुन् ।

योसंगै नाट्टा बाँके च्याप्टरको दोस्रो कार्यकालका लागि सिग्देल पुनः निर्वाचित भए । सिग्देलसहितको ११ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन भएको निर्वाचन अधिकृत अधिवक्ता विश्वजित तिवारीले जानकारी दिए ।

अधिवेशनबाट उपाध्यक्षमा डिल्लीराज रेग्मी, महासचिवमा झविलाल शर्मा, सचिवमा भागिराम ओली, कोषाध्यक्षमा राम श्रेष्ठ, सहकोषाध्यक्षमा कुमार चाल्स श्रेष्ठ सर्वसम्मत चयन भएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

संस्थाको उपाध्यक्षमा रेग्मी, महासचिवमा शर्मा र सचिवमा ओली पनि दोहोरिएका छन् ।

यस्तै सदस्यहरूमा सम्भू कुमार बुढाथोकी, लवराव प्रधान, वेवी कुमारी मण्डल, मोहम्मद अजमल सिद्दिकी, कुल बहादुर केसी सर्वसम्मत निर्वाचित भएकाछन् । २ जना सदस्य मनोनित गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।