नेपालगन्ज : भारतको लखनऊबाट पाँच जना बालबालिकाको उद्धार गरिएको छ । शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्धार गरिएको हो ।
उद्धार गरी नेपाल ल्याइएका सवै १६ वर्ष मुनिका रहेको शक्ति समूहले बताएको छ ।
उत्तर प्रदेशको राजधानी लखनऊस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले उद्धार गरी त्यहाँस्थित बालगृहमा राखेको थियो ।
राजकीय बालगृह र राजकीय बालिका गृहमा रहेका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको हो ।
बालकलाई सिविन नेपालगन्जको बालगृहमा राखिएको छ । बालिकालाई शक्ति समूहको आपतकालीन आवास गृहमा राखिएको छ ।
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत