बाँकेको खजुरामा गठबन्धनका दुवै उम्मेदवारले सूर्यलाई पछ्याउँदै


बाँकेको खजुरामा गठबन्धनका दुवै उम्मेदवारले सूर्यलाई पछ्याउँदै

नेपालगन्ज ३१ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवारले सूर्यलाई पछ्याइरहेकाछन् ।

खजुरा गाँउपालिका वडा नम्बर १ को ६५६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएकाछन् । भने गठबन्धनका उम्मेदवारले एमालेलाई पछ्याइरहेकाछन् ।

एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्लले ३८० मत ल्याउँदा बाम काँग्रेस गठबन्धनका उम्मेदवार डम्बर विक तुफानले जम्मा २३५ मत प्राप्त गरेकाछन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकी उम्मेदवारले ३०६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार मञ्जु मल्लले २९८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट गाउँपालिका उपप्रमुखकी उम्मेदवार मल्लले एमालेलाई टक्कर दिइरहेकी छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै वडाअध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेकाछन् । गठबन्धबाट वडाअध्यक्षका उम्मेदवारले ३४४ मत पाउँदा एमालेले २८७ मत प्राप्त गरेकोछ । यो दिउँसो साढे १२ बजेको अपडेट हो ।