नेपालगन्ज। दैलेखबाट बिरामी र आफन्त लगेर सुर्खेत झर्दै गरेको एउटा बोलेरो जीप खस्दा त्यसमा रहेका एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बिहान झिसमिसेमा उक्त जीप सडकबाट ३०० मिटर तल खसेको थियो।
गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको उक्त जीप अक्सिजनसहितका बिरामीलाई लगेर सुर्खेत अस्पताल जाँदै थियो।
दुर्घटनामा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्कीको मृत्य भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा गाडी चालक २२ वर्षीय योगेश सिम्खडा पनि गम्भीर घाइते भएका छन्। १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्की पनि घाइते भएका छन्। कैसी बिरामी पनि हुन र उनलाई अस्सिजनसहित सुर्खेत अस्पताल लैजाँदै गर्दा जीप दुर्घटना भएको हो।
घाइते भएका सबैलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
२९ मिनेट अगाडि
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
२ घण्टा अगाडि
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर