अस्ट्रेलिया। आप्रवासी तथा आप्रवसनबारे सरकारले नयाँ नीति अख्तियार गरेपछि त्यसको बहस चर्किरहेको बेला अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा आप्रवासनविरोधी प्रदर्शनहरू सुरु भएका छन्।
‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजित प्रदर्शनमा सहभागीहरूले सिड्नीको रोयल बोटानिक गार्डेन नजिकबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालेका थिए।
वर्षाका बाबजुद प्रदर्शनमा उल्लेख्य संख्यामा मानिस सहभागी भएका थिए। प्रदर्शनकारीहरूले अस्ट्रेलियामा आप्रवासीको आगमन नियन्त्रण गर्नुपर्ने, आप्रवासन नीतिमा कडाइ गर्नुपर्ने र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए। उनीहरूले आप्रवासन रोक्नुपर्ने र अस्ट्रेलियाको राष्ट्रिय पहिचान संरक्षण गर्नुपर्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा आप्रवासन नीतिका आलोचक, विभिन्न राजनीतिक अभियानसँग सम्बन्धित व्यक्ति तथा राष्ट्रवादी विचारधारा राख्ने समूहहरूको सहभागिता थियो।
यसको प्रतिवादस्वरूप सिड्नी टाउन हल क्षेत्रमा शरणार्थी तथा आप्रवासी अधिकारका पक्षधर समूहहरूले छुट्टै प्रदर्शन गरेका थिए। उनीहरूले जातीय विभेद, घृणा र आप्रवासीविरोधी गतिविधिको विरोध गर्दै बहुसांस्कृतिक समाजको पक्षमा आवाज उठाएका थिए।
अस्ट्रेलिया विभिन्न देश, भाषा, धर्म र संस्कृतिका मानिसहरूको साझा घरका रूपमा स्थापित छ। आप्रवासीहरूले स्वास्थ्य, शिक्षा, व्यवसाय, कृषि, निर्माण, सञ्चार तथा अन्य क्षेत्रमा योगदान दिँदै आएका छन्।
यद्यपि बढ्दो जनसंख्या, आवासको अभाव, पूर्वाधारमाथिको चाप र आप्रवासन व्यवस्थापनका विषयमा अस्ट्रेलियामा बहस जारी छ।
अस्ट्रेलियाको बहुसांस्कृतिक पहिचान कायम राख्न आप्रवासी र स्थानीय समुदाय दुवैले पारस्परिक सम्मान, सहिष्णुता र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेको छ। केही समयअघि अष्ट्रेलिया सरकारले डिपेन्डेन्टलगायतका भिषाहरू खारेज गरेकाे थियाे। त्यसबाट विद्यार्थीहरूलाई निकै प्रभाव पर्छ। त्यस्तै सरकारले अन्य भिसाका सिमाहरूमा पनि हेरफेर गरिरहेकाे छ।
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
१७ मिनेट अगाडि
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
१४ घण्टा अगाडि
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते