धनगढी उपमहानगरपालिकाका मेयर गोपाल भन्छन्- छिमेकीलाई आपत पर्दा हामीले मानवीय सहयाेग गर्याैं।
नेपालगन्ज। कैलालीको सिमाना नजिकै रहेको भारतको एउटा बजारमा आइतबार साँझपख आगो सल्कियो।
केही पसलहरूमा त्यो आगो फैलिदैं गर्दा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई एउटा फोन आयो ‘केही दमकलहरू चाहियो…’ त्यो फोन भारतीय सुरक्षाकर्मीको थियो।
हमालले तत्कालै तयारीमा अवस्थामा रहेका ३ वटा दमकल र नगरप्रहरीको एउटा टोली आगलागी भएको भारतीय बजारतिर पठाए। त्योसँगै एउटा भ्याकुलोडर पनि त्यहाँ पठाइयो।
त्यो बेलासम्म आगो लगभग आधाजति बजारमा फैलिइसकेको थियो। लगभग ६ घण्टाजति लगाएर भारतीय सुरक्षाकर्मीसँग मिलेर धनगढी उपमहानगरका दमकल, नगरप्रहरीहरूले आगो नियन्त्रणमा लिए। त्यसका लागि तीनवटा दमकलहरूमा तीन पटकसम्म पानी भरिएको थियो।
उत्तर प्रदेशको खिरी जिल्लामा यो अस्थायी बनगाउँ बजार नेपाली उपभोक्ताहरूलाई नै लक्षित गरेर सञ्चालनमा आएको थियो। सिमानाको यो बजार यहाँका नेपाली उपभोक्ताले नै धान्दै आएका थिए।
एउटा पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा बजारका लगभग ६० वटा पसल जलेर ध्वस्त भएका छन्। स्थानीय व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्धुतको तार सर्ट भएर बेलुकापख आगलागी सुरु भएको थियो। सो आगो समयमै नियन्त्रण गर्न नसक्दा बजार भर फैलिएको उनले बताए ।
बनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलो मिटर टाढा छ। पलियाबाट दमकल आउन ढिलाइ हुने भएका कारण आफुहरूले धनगढीलाई दम्कल सहयोग मागेको अग्रवालको भनाई छ।
आगलागीका कारण ५० देखि ७० करोड मूल्य बराबरको क्षति भएको स्थानीय व्यवसायी अङ्कित गुप्ताले बताए। एक आपसमा टाँस्सियर बसल बनेका कारण आगो नियन्त्रणमा समस्या भएको उनी बत्ताउँछन्। बन गाउँ बजारमा बिहानै देखि सामान किनमेल गर्ने नेपालीको भीड लाग्ने गर्दछ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले छिमेकीलाई आपत पर्दा मानवीय सहयोग गरेको बताए। नेपाली उपभोक्तासमेत निर्भर रहेको बजारमा आगो लाग्दा र सहयोगको अपेक्षा गरेपछि आफूहरूले सहयोग गरेको उनले बताए।
‘यो सिमानाको बजार हो। यहाँ वारपारको बजार छ। यताका मान्छेहरू उता जान्छन्, उताको ब्यापार यता पनि हुन्छ। छिमेकी भएको नाताले हामीले सहयोग पठाएका हौं’ मेयर हमालले भने ‘आपत विपद पर्दा छिमेकीलाई सहयोग गर्नु नेपाल अनि भारतीय संस्कार पनि हो। सिमाना जोडिएको ठाउँमा आपत पर्दा हामीले हाम्रो क्षमताले भ्याएसम्म सहयोग गर्यौं। आगो निभाउन सफल पनि भयौं।’
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
१९ मिनेट अगाडि
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
२ घण्टा अगाडि
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर