जिल्ला प्रहरी कार्यालयकाे हिरासत नै भरियाे
नेपालगन्ज। चाडपर्वका बेलामा जुवाकै रुपमा हुने तास खेललाई निरुत्साहित गर्नका लागि सुर्खेत प्रहरी रणनीतिक रुपमा लागेको छ। खासगरी तिहारका बेला ठूलो रकम दाउमा लगाएर जुवा खेल्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।
आइतबार दिउँसो र रातभरि सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समूहका ५५ जनालाई नियन्त्रणमा लिएको छ। उनिहरूको जुवाखालबाट प्रहरीले १२ लाखभन्दा धेरै रकम पनि बरामद गरेको छ।
जुवा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेल आफै टोलीको नेतृत्व गर्दै छापा मार्न निस्किएका थिए।
खासगरी दसैं र तिहारका बेला पक्राउ परेका जुवाडेहरूलाई राख्नुपर्ने भएका कारण अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत नै साँघुरो हुन थालेको छ। अब पक्राउ परेकाहरूलाई अरु प्रहरी इकाइका हिरासतमा पठाइने उनले बताएका छन्।
जुवा नियन्त्रणका लागि जिल्लामा कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरूको संयुक्त टोली परिचालन गरिएको छ।
‘घरपरिवारमा बसेर आफन्तहरूबीच रमाइलो गर्ने चाडपर्वका बेला सामान्य मानिन्छ। तर जुवाकै रुपमा तास खेल्ने, त्यसमा दाउँ लगाउने र बेटिङ गर्नेहरूलाई निरुत्साहित गर्नका लागि हामीले पहिलादेखि नै रणनीति बनाएर प्रहरी परिचालन गरेका थियौं’ एसपी पोखरेलले भने ‘स्थानीयवासिन्दाको साथ र सहयोगबाट हामीले जुवाका ठूला खालहरू समाउन सफल भएका छौं। त्यसरी जुवा खेलहरूलाई निरुत्साहित गर्नका लागि हामी लागि परेका छौं।’
यी हुन् एकै रातमा पक्राउ परेका ५५ जुवाडे



‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी