घोराही(दाङ) ३१ वैशाख : स्थानीय तह निर्वाचन अन्तर्गत दाङ दंगीशरण गाउँपालिका वडा नम्बर– १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका रमेश भण्डारीसहित प्यानल बिजयी भएको छ ।
भण्डारीले ६ सय ४४ मत ल्यायर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद चौधरीले ५ सय ५३ मत मात्रै ल्याएका हुन । भण्डारीले ९१ मतको अन्तरले जितेका हुन् ।
काँग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार बिजयी भएका हुन् ।
पराजित चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेवाट वडा अध्यक्षमा बिजयी भएका थिए । निर्वाचन कार्यालयले घोषणा भने गरेको छैन । २०५५ मतदाता रहेकोमा १३९४ मत खसेको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?