नेपालगन्ज ३१ वैशाखः प्युठान नगरपालिका वडा नम्बर १ मा गठबन्धनका सबै उम्मेदवारले जित हासिल गरेका छन् ।
गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार काँग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।
शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले ७ सय ११ मत पाए ।
महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेदवार विजयी भए ।
प्राप्त विवरण अनुसार नगरपालिका मेयर र उपमेयरमा समेत गठबन्धनको अग्रता छ । यो नगरपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसको चुनावी तालमेल छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’