प्युठान नगरपालिका–१ मा काँग्रेसको प्यानल विजयी


प्युठान नगरपालिका–१ मा काँग्रेसको प्यानल विजयी

नेपालगन्ज ३१ वैशाखः प्युठान नगरपालिका वडा नम्बर १ मा गठबन्धनका सबै उम्मेदवारले जित हासिल गरेका छन् ।

गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार काँग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।

शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले ७ सय ११ मत पाए ।

महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेदवार विजयी भए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्राप्त विवरण अनुसार नगरपालिका मेयर र उपमेयरमा समेत गठबन्धनको अग्रता छ । यो नगरपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसको चुनावी तालमेल छ ।