मतगणनाले जुराएको संयोग : तीन मेयर एकसाथ एक ठाँउ, गफिदै जेरी खाए


मतगणनाले जुराएको संयोग : तीन मेयर एकसाथ एक ठाँउ, गफिदै जेरी खाए

नेपालगन्ज ३१ वैशाख : नेपालगन्जको भेरी प्राविधि शिक्षालयमा मतगणना जारी छ । त्यसैपनि मतगणनाको कार्य ढिलासुस्ती र व्यवस्थित नहुँदा मतदातालाई आफूले मतदान गरेको उम्मेदवारको मतपरिणाम सुन्न आतुर छन् ।

भेरी प्राविधि शिक्षालयको भित्र निर्वाचन अधिकृतसहितका कर्मचारी मतगण्नामा ब्यस्त रहँदा बाहिरको दृष्य झन रोचक बनेकोछ । त्यो रोचक दृष्य हो तीन दलका तीन मेयर एकसाथ बसेको दृष्य ।

नेपालगन्ज उपमहानगरपालिको प्रमुख पदमा उम्मेदवारी दिएका तीन दलका तीन जना मेयर एक स्थानमा देखिएको दृष्यले चुनावी मैदानसम्म मात्र अलग–अलग भएपनि हामी नेपालगन्जिया हो, हामी दाजुभाइ हो भन्ने सन्देश प्रवाह गरेकोछ । यो सद्भावको दृष्यले कुनै दलका कुनै एक उम्मेदवार जितेपनि एकआपसको सद्भाव र भावनात्मक सम्बन्ध भने मर्ने छैन । यस्तै चर्चा समेत भेरी प्राविधिक शिक्षालय परिसर बाहिर उपस्थित मतदाताबीच भइरहेकोछ ।

सत्ता गठबनका तर्फबाट नेपाली काँग्रेसका प्रशान्त विष्ट, नेकपा एमालेबाट पशुपतिदयाल मिश्र र राप्रपाबाट नन्दलाल वैश्य एकै ठाउँ बसेर नेपालगन्जको प्रचण्ड गर्मीमा समसामयिक विषयमा गफिदै जेरि (जलेबी) खाएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसो त निर्वाचनका लागि मतदाताको घरघर पुग्दायी उम्मेदवार चुनावी प्रचारप्रसारमा संयोगले जम्काभेट हुने गरेको थियो । चुनावी मैदानमा रहँदा आआफ्ना योजना र प्रतिबद्धताका साथ फरक मत र विचार राख्ने तीनै जना मेयरका उम्मेदवार मतगणनाका बेला एकै थलोमा सहजरुपमा देखिएका हुन् ।

विद्यार्थी राजनीति हुँदै मूल राजनीतिमा आएका विष्ट युवापुस्तामा लोकप्रिय नेताका रुपमा परिचित छन्, भने मिश्र र वैश्य स्थानीय उद्योगी र व्यापारि समेत भएकाले उनीहरुको लोकप्रियता उत्तिकै छ । यी तीन जनामध्ये एक जना नेपालगन्जको आगामी नेतृत्वका लागि चुनिनेछन् ।

शनिबार बिहान ८ बजेबाट मतगणना सुरु हुने भनिएपनि करिव अढाई घण्टापछि मतगणना सुरु भएको छ । यद्यपी हालसम्म मतगणनाको कुनैपनि परिणाम बाहिर आएकोछैन । मत गणनाको तयारी नहुँदा र उम्मेदवार समयमा सम्पर्कमा नआउँदा ढिलाई भएको निर्वाचन कर्मचारी बताउँछन् । मतगणना स्थलमा सुरक्षाकर्मी ठुलो संख्यामा परिचालन भएका छन् ।