नेपालगन्ज ३१ वैशाख : खजुरा गाउँपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेकोछ ।
दिउँसो सवा दुई बजे प्राप्त अपडेट अनुसार खजुरा गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेले कुल ९ सय ४६ मत प्राप्त गरेकोछ । भने गठबन्धनका उम्मेदवारले ८ सय ८८ मत प्राप्त गरेकोछ ।
यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता लिएकोछ । उपाध्यक्ष पदकी गठबन्धनका उम्मेदवारले ९४९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेकी उम्मेदवारले ८ सय ६९ मत प्राप्त गरेकी छन् ।
यस्तै खजुरा गाँउपालिका वडा नम्बर १ बाट पालिका अध्यक्षमा नेकपा एमालेले ३८० र गठबन्धले २३५ मत पाए । भने उपाध्यक्षमा एमालेले ३०६ गठबन्धनले २९८ मत पाए ।
त्यसैगरी वडा अध्यक्षमा गठबन्धनले ३४४ मत पाउँदा एमालले २८७ मत पायो ।
खजुरा गाउँपालिका वडा नम्बर २ बाट पालिका अध्यक्षमा गठबन्धनले ६५३ र एमालेले ५६६ मत प्राप्त गर्यो । भने उपाध्यषमा गठबन्धनले ६५१ र एमालेले ५६३ मत पायो ।
वडा नम्बर २ को वडाअध्यक्षमा एमालेले ५७१ र गठबन्धनले ६५५ मत प्राप्त गरेको छ । यो दिउँसो सवा २ बजेको अपडेट हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?