नेपालगन्ज ३१ वैशाख : प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामा नेपाली काँग्रेस पराजित भएकोछ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको हो । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उमेदवारलाई पराजित गरेको हो ।
‘करुवा’ चुनाव चिह्न काँग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् ।
काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिह्न लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेलधुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?