प्रधानमन्त्री देउवाले भोट हालेको वडामा काँग्रेस पराजित


प्रधानमन्त्री देउवाले भोट हालेको वडामा काँग्रेस पराजित

नेपालगन्ज ३१ वैशाख : प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामा नेपाली काँग्रेस पराजित भएकोछ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको हो । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उमेदवारलाई पराजित गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘करुवा’ चुनाव चिह्न काँग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् ।

काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिह्न लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेलधुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ ।