राप्तीसोनारीमा काँग्रेसभन्दा एमाले ४० मतले अगाडी


राप्तीसोनारीमा काँग्रेसभन्दा एमाले ४० मतले अगाडी

नेपालगन्ज ३१ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकोछ ।

शनिबार बेलुका साढे ५ बजेको अपडेट अनुसार गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले एक हजार ११० मत प्राप्त गर्दा नेपाली काँग्रेसले एक हजार ७० मत प्राप्त गरेकोछ । यी दुईबीच ४० मतले एमालेले लिड गरिरहेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवारले लिड गरिरहेको छ । नेकपा एमालेका उम्मेदवारले एक हजार ११३ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी उम्मेदवारले एक हजार ३८ मत प्राप्त गरेकी छन् ।

यसैगरी राप्तीसोनारीमा नेकपा माओबादी केन्द्रले अध्यक्ष पदमा ५१८ र उपाध्यक्षमा ४५४ मत पाएको छ । भने जसपाले अध्यक्ष पदमा १२ मत पाउँदा उपाध्यक्षमा नील रहेकोछ । भने राप्रपाका अध्यक्ष पदका उम्मेदवारले ७७ मत पाउँदा उपाध्यक्ष पदका उम्मेदवारले ९० मत पाएका छन् । थप अपडेट आउँन बाँकी ।