नेपालगन्ज ३१ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकोछ ।
शनिबार बेलुका साढे ५ बजेको अपडेट अनुसार गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले एक हजार ११० मत प्राप्त गर्दा नेपाली काँग्रेसले एक हजार ७० मत प्राप्त गरेकोछ । यी दुईबीच ४० मतले एमालेले लिड गरिरहेको हो ।
यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवारले लिड गरिरहेको छ । नेकपा एमालेका उम्मेदवारले एक हजार ११३ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी उम्मेदवारले एक हजार ३८ मत प्राप्त गरेकी छन् ।
यसैगरी राप्तीसोनारीमा नेकपा माओबादी केन्द्रले अध्यक्ष पदमा ५१८ र उपाध्यक्षमा ४५४ मत पाएको छ । भने जसपाले अध्यक्ष पदमा १२ मत पाउँदा उपाध्यक्षमा नील रहेकोछ । भने राप्रपाका अध्यक्ष पदका उम्मेदवारले ७७ मत पाउँदा उपाध्यक्ष पदका उम्मेदवारले ९० मत पाएका छन् । थप अपडेट आउँन बाँकी ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?