जानकी (बाँके) ३१ वैशाख : बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले अग्रता कायमै राखेका छन् । मत गणनाको सुरुवात चरणमै अग्रता लिदैँ आएका अध्यक्ष पदका उम्मेदवार खाँले एक हजार ५ सय ८० मत गणना हुँदा उनले ६ सय ८ मत प्राप्त गरेका छन् ।
सोही पदमा जनता समाजवादी पार्टी(जसपा)का राजिव वर्माले ३ सय ६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै नेकपा एमालेका उम्मेदवार हिमान्सु यादवले १ सय ६६ मत पाएका छन् । त्यस्तै उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी रामप्यारी यादवले ५ सय ९३ मत प्राप्त गरेकी छन् ।
उपाध्यक्ष पदमै नेकपा माओवादी केन्द्रका रक्षाराम बर्माले १ सय ६९ र नेकपा एमालेकी भुमिसरा धितालले १ सय १ मत प्राप्त गरेकी छन् । जानकी गाउँपालिका वडा नम्बर १ को मत गणना अहिले चलिरहेको निर्वाचन अधिकृतको कार्यालय जानकी गाउँपालिकाले जनाएको छ । यो शनिबार राती साढे १० बजेसम्मको अपडेट हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?