खजुरामा एमालेको अग्रता कायमै, बिक ३ सय ६१ मतले पछाडी


खजुरामा एमालेको अग्रता कायमै, बिक ३ सय ६१ मतले पछाडी

खजुरा(बाँके) ३१ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । खजुरा गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले एक्लै लडेको थियो ।

अहिलेसम्म १ हजार ६ सय ७ मत गणना हुँदा अध्यक्ष पदमा नेकपा एमालेका सुमन मल्लले ९ सय ४१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफानले ५ सय ८० मत प्राप्त गरेका छन् । अध्यक्षका उम्मेदवार मल्ल र बिकबीच ३ सय ६१ मतको अन्तर रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उपाध्यक्ष पदमा नेकपा एमालेकी ताजरुन निसाले ८ सय २६ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी मञ्जु मल्लले ६ सय ७४ मत प्राप्त गरेकी छन् । खजुरा गाउँपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ । वडा नम्बर १ मा वडाअध्यक्ष पदमा एमालेका उम्मेदवारले ८ सय १६ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ७ सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिएका छन् ।