खजुरा(बाँके) ३१ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । खजुरा गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले एक्लै लडेको थियो ।
अहिलेसम्म १ हजार ६ सय ७ मत गणना हुँदा अध्यक्ष पदमा नेकपा एमालेका सुमन मल्लले ९ सय ४१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफानले ५ सय ८० मत प्राप्त गरेका छन् । अध्यक्षका उम्मेदवार मल्ल र बिकबीच ३ सय ६१ मतको अन्तर रहेको छ ।
उपाध्यक्ष पदमा नेकपा एमालेकी ताजरुन निसाले ८ सय २६ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी मञ्जु मल्लले ६ सय ७४ मत प्राप्त गरेकी छन् । खजुरा गाउँपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ । वडा नम्बर १ मा वडाअध्यक्ष पदमा एमालेका उम्मेदवारले ८ सय १६ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ७ सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?