डुडुवा (बाँके) ३१ वैशाख : बाँकेको डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार ३ मतले पछि परेकाछन् ।
शनिबार राती साढे ११ बजेसम्म कुल ३९५ मत गणना हुँदा अध्यक्ष पदमा नेपाली काँग्रेसका नरेन्द्र कुमार चौधरीले कुल १४० मत प्राप्त गर्दा नेकपा एमालेकी सरोज कुमारी यादवले १४३ मत प्राप्त गरेकी हुन् ।
यस्तै जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवले ४४ मत प्राप्त गरेका छन् । भने माओबादी केन्द्रले १० मत प्राप्त गरेकोछ ।
डुडुवाको उपाध्यक्ष पदमा नेकपा एमालेले १४३ र नेपाली काँग्रेसले १३१, जसपाले ४३ तथा माओबादीले ११ मत प्राप्त गरेकोछ ।
डुडुवाको वडा नम्बर १ मा अहिले मतगणना भइरहेको छ । वडा नम्बर १ को वडाअध्यक्षमा एमालेले १३२, काँग्रेसले ११७, जसपाले ३७ तथा माओबादीले १३ मत प्राप्त गरेका छन् ।