डुडुवा (बाँके) ३१ वैशाख : बाँकेको डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार ३ मतले पछि परेकाछन् ।
शनिबार राती साढे ११ बजेसम्म कुल ३९५ मत गणना हुँदा अध्यक्ष पदमा नेपाली काँग्रेसका नरेन्द्र कुमार चौधरीले कुल १४० मत प्राप्त गर्दा नेकपा एमालेकी सरोज कुमारी यादवले १४३ मत प्राप्त गरेकी हुन् ।
यस्तै जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवले ४४ मत प्राप्त गरेका छन् । भने माओबादी केन्द्रले १० मत प्राप्त गरेकोछ ।
डुडुवाको उपाध्यक्ष पदमा नेकपा एमालेले १४३ र नेपाली काँग्रेसले १३१, जसपाले ४३ तथा माओबादीले ११ मत प्राप्त गरेकोछ ।
डुडुवाको वडा नम्बर १ मा अहिले मतगणना भइरहेको छ । वडा नम्बर १ को वडाअध्यक्षमा एमालेले १३२, काँग्रेसले ११७, जसपाले ३७ तथा माओबादीले १३ मत प्राप्त गरेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?