१२ सय मत गन्दा बैजनाथमा काँग्रेसको अग्रता कायमै


१२ सय मत गन्दा बैजनाथमा काँग्रेसको अग्रता कायमै

नेपालगन्ज ३१ वैशाख : बाँकेको बैजनाथ गाउँपालिकामा काँग्रेसको अग्रता कायमै छ । अध्यक्षका उम्मेदवार काँग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार काँग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् ।

१२ सय मत गणना हुँदा शाहीले ४४० र रोकायले ३३३ मत पाएका छन् । यस्तै एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २९५ र उपाध्यक्ष उम्मेदवार एमालेकी प्रेमपूर्ण योगीले ३३१ मत पाएकी छन् ।

Kanti Aarogya Hospital Nepalgunj

माओवादीका युगान्त शाहले २१७ मत पाएका छन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । वडाअध्यक्षमा एमालेले ४०५ र काँग्रेसले २८६ मत प्राप्त गरेकोछ । थप अपडेट आउन बाँकी ।