मतगणना अपडेट : बाँकेको ८ पालिकामा कुन उम्मेदवारको कस्तो अवस्था ?


मतगणना अपडेट : बाँकेको ८ पालिकामा  कुन उम्मेदवारको कस्तो अवस्था ?

नेपालगन्ज ३१ वैशाख : शुक्रबार भएको मतदान पश्चात यतिबेला बाँकेका ८ वटै पालिकामा मत गणना जारी छ । मतगणनामा देखिएको ढिलासुस्तिका कारण मतदाता तथा पत्रकारले सास्ती भोग्नु परेकोछ । शनिबार राती साढे ११ बजेसम्म गरिएको गणना प्रारम्भिक चरणमै छ । प्रायः जस्तो सबै पालिकामा २ हजार बढि मत गणना भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले अहिले पनि अग्रतालाई यथावत राखेका छन् । विष्टले ४ सय १० मत प्राप्त गरेका छन् ।

यस्तै प्रमुख पदमा नेकपा एमालेका पशुपतिदयाल मिश्रले २ सय ३८ र राप्रपाका नन्दलाल बैश्यले २ सय १२ मत प्राप्त गरेका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ सय ७२ मतको अन्तर छ ।
यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३ सय ७, राप्रपाकी बिन्दु चर्तीमगरले २ सय ५९ र नेकपा एमालेकी शान्ति ढकालले २ सय २६ मत प्राप्त गरेकी छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जमा अहिलेसम्म वडा नम्बर–२३ को मात्र गणना कार्य सम्पन्न भएको छ । यस्तै वडा नम्बर १, २ र २२ सहित केही वडाको गणना अहिले पनि चलिरहेको छ ।

कोहलपुर नगरपालिका

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ ।

१००० मत गणना गर्दा माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाएका छन् । त्यस्तै एमालेका खिलप्रसाद भुसालले २७३ र काँग्रेसका पूर्ण आचार्यले २३० मत पाएका छन् ।
यस्तै उपमेयरमा नेकपा एकीकृत समाजबादीकी उपमेयर उम्मेदवार नारायणी वलीले २९९, एमालेकी अस्मिता थारुले २९१ र काँग्रेसकी संगिता सुबेदीले २५१ मत पाएकी छिन् ।

नरैनापुर गाउँपालिका

उता नरैनापुर गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । २ हजार ७ मतगणना हुँदा अध्यक्ष पदमा नेपाली काँग्रेसका रामचन्द्र मौर्यले ५ सय ८८ मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी(जसपा)का इस्तियाक अहमद शाहले ५ सय ५७ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी पदमावती यादवनीले ४ सय १० मत प्राप्त गरेकी छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी अतिकुन निसाले ४ सय ६९ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका पञ्चराम यादवले ४ सय ४२ मत प्राप्त गरे । जनता समाजवादी पार्टी (जसपा) की जयन्तिदेवी श्रीवास्तवले ३ सय ५ मत प्राप्त गरेकी छन् । नरैनापुरको वडा नम्बर ६ को गणना अहिले चलिरहेको छ ।

राप्तीसोनारी गाउँपालिका

बाँकेको राप्ती सोनारी गाउँपालिकामा नेकपा एमालेका रामदास थारुले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ५ हजार ८८ स मत गणना हुँदा अध्यक्ष पदमा एमालेका उम्मेदवार थारुले १ हजार ८ सय १८ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसका तप्तबहादुर पौडेलले १ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् । थारु र पौडेलबीच ७० मतको अन्तर रहेको छ । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार पट्टु थारुले ८ सय ९५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गौरवकुमार लामिछानेले जानकारी दिए ।

यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकी चमेली बागवलले १ हजार ८ सय ३४ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली काँग्रेसकी मनिषासिंह थारुले १ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन् ।

नेकपा (माओवादी केन्द्र)की मञ्जु रोकायले ७ सय ३८ मत प्राप्त गरेको लामिछानेले बताए । अहिलेसम्म उक्त गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना चलिरहेको छ ।

खजुरा गाउँपालिका

खजुरा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । खजुरा गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले एक्लै लडेको थियो ।
अहिलेसम्म १ हजार ६ सय ७ मत गणना हुँदा अध्यक्ष पदमा नेकपा एमालेका सुमन मल्लले ९ सय ४१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफानले ५ सय ८० मत प्राप्त गरेका छन् । अध्यक्षका उम्मेदवार मल्ल र बिकबीच ३ सय ६१ मतको अन्तर रहेको छ ।
उपाध्यक्ष पदमा नेकपा एमालेकी ताजरुन निसाले ८ सय २६ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी मञ्जु मल्लले ६ सय ७४ मत प्राप्त गरेकी छन् । खजुरा गाउँपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ । वडा नम्बर १ मा वडाअध्यक्ष पदमा एमालेका उम्मेदवारले ८ सय १६ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ७ सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिएका छन् ।

डुडुवा गाउँपालिका

बाँकेको डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार ३ मतले पछि परेकाछन् ।

शनिबार राती साढे ११ बजेसम्म कुल ३९५ मत गणना हुँदा अध्यक्ष पदमा नेपाली काँग्रेसका नरेन्द्र कुमार चौधरीले कुल १४० मत प्राप्त गर्दा नेकपा एमालेकी सरोज कुमारी यादवले १४३ मत प्राप्त गरेकी हुन् ।
यस्तै जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवले ४४ मत प्राप्त गरेका छन् । भने माओबादी केन्द्रले १० मत प्राप्त गरेकोछ ।

डुडुवाको उपाध्यक्ष पदमा नेकपा एमालेले १४३ र नेपाली काँग्रेसले १३१, जसपाले ४३ तथा माओबादीले ११ मत प्राप्त गरेकोछ ।

डुडुवाको वडा नम्बर १ मा अहिले मतगणना भइरहेको छ । वडा नम्बर १ को वडाअध्यक्षमा एमालेले १३२, काँग्रेसले ११७, जसपाले ३७ तथा माओबादीले १३ मत प्राप्त गरेका छन् ।

बैजनाथ गाउँपालिका

बाँकेको बैजनाथ गाउँपालिकामा काँग्रेसको अग्रता कायमै छ । अध्यक्षका उम्मेदवार काँग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार काँग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् ।

१२ सय मत गणना हुँदा शाहीले ४४० र रोकायले ३३३ मत पाएका छन् । यस्तै एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २९५ र उपाध्यक्ष उम्मेदवार एमालेकी प्रेमपूर्ण योगीले ३३१ मत पाएकी छन् । माओवादीका युगान्त शाहले २१७ मत पाएका छन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । वडाअध्यक्षमा एमालेले ४०५ र काँग्रेसले २८६ मत प्राप्त गरेकोछ । थप अपडेट आउन बाँकी ।

जानकी गाउँपालिका

बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले अग्रता कायमै राखेका छन् । मत गणनाको सुरुवात चरणमै अग्रता लिदैँ आएका अध्यक्ष पदका उम्मेदवार खाँले एक हजार ५ सय ८० मत गणना हुँदा उनले ६ सय ८ मत प्राप्त गरेका छन् ।

सोही पदमा जनता समाजवादी पार्टी(जसपा)का राजिव वर्माले ३ सय ६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार हिमान्सु यादवले १ सय ६६ मत पाएका छन् । त्यस्तै उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी रामप्यारी यादवले ५ सय ९३ मत प्राप्त गरेकी छन् ।

उपाध्यक्ष पदमै नेकपा माओवादी केन्द्रका रक्षाराम बर्माले १ सय ६९ र नेकपा एमालेकी भुमिसरा धितालले १ सय १ मत प्राप्त गरेकी छन् । जानकी गाउँपालिका वडा नम्बर १ को मत गणना अहिले चलिरहेको निर्वाचन अधिकृतको कार्यालय जानकी गाउँपालिकाले जनाएको छ ।