कोहलपुर नगर प्रमुखमा २६२ मतले काँग्रेसको अग्रता कायमै


कोहलपुर नगर प्रमुखमा २६२ मतले काँग्रेसको अग्रता कायमै

कोहलपुर १ जेठ : कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगर प्रमुख पदमा काँग्रेसका पूर्णप्रसाद आचार्यले एक हजार ३ सय २४ मत ल्याएर अग्रता लिएका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का नरेन्द्र न्यौपानेले एक हजार ६२ र नेकपा एमालेका खिलप्रसाद भुसालले एक हजार ५० मत प्राप्त गरेका छन् । यसैगरी नगर उप–प्रमुखमा नेपाली काँग्रेसकी संगिता सुवेदीले एक हजार ३ सय ४३ मत प्राप्त गरी अग्रता लिएकी छन् ।

Kids Festival 2022
kanti aarogya hospital

नेकपा एमालेकी अस्मिता चौधरीले एक हजार १ सय ९३, नेकपा (एकिकृत समाजवादी) की नारायणी ओलीले ५ सय ७९ मत प्राप्त गरेकी छन् ।

कोहलपुरमा अहिलेसम्म ३ हजार ८ सय ३१ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।