राप्तीसोनारीमा एमालेलाई उछिन्न काँग्रेसलाई सकस


राप्तीसोनारीमा एमालेलाई उछिन्न काँग्रेसलाई सकस

राप्तीसोनारी(बाँके) १ जेठ : बाँकेको राप्ती सोनारी गाउँपालिकामा नेकपा एमालेका रामदास थारुले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ९ हजार ६ सय २५ मतगणना गर्दा अध्यक्ष पदमा एमालेका उम्मेदवार थारुले ३ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै नेपाली काँग्रेसका तप्तबहादुर पौडेलले ३ हजार २ सय ५ मत प्राप्त गरेका छन् । रामदास र तप्तबीच अहिले २ सय ३० मतको अन्तर रहेको छ । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार पट्टु थारुले १ हजार ७ सय ७९ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकी चमेली बागवलले ३ हजार ५ सय ८ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली काँग्रेसकी मनिषासिंह थारुले ३ हजार १ सय ८४ मत प्राप्त गरेकी छन् । नेकपा (माओवादी केन्द्र)की मञ्जु रोकायले १ हजार ४ सय ९५ मत प्राप्त गरेकी छन् ।