राप्तीसोनारी(बाँके) १ जेठ : बाँकेको राप्ती सोनारी गाउँपालिकामा नेकपा एमालेका रामदास थारुले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म ९ हजार ६ सय २५ मतगणना गर्दा अध्यक्ष पदमा एमालेका उम्मेदवार थारुले ३ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली काँग्रेसका तप्तबहादुर पौडेलले ३ हजार २ सय ५ मत प्राप्त गरेका छन् । रामदास र तप्तबीच अहिले २ सय ३० मतको अन्तर रहेको छ । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार पट्टु थारुले १ हजार ७ सय ७९ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकी चमेली बागवलले ३ हजार ५ सय ८ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली काँग्रेसकी मनिषासिंह थारुले ३ हजार १ सय ८४ मत प्राप्त गरेकी छन् । नेकपा (माओवादी केन्द्र)की मञ्जु रोकायले १ हजार ४ सय ९५ मत प्राप्त गरेकी छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?