जानकीमा काँग्रेसका छब्बनले सबैलाई उछिने


जानकीमा काँग्रेसका छब्बनले सबैलाई उछिने

नेपालगन्ज १ जेठ : बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छब्बन खाँले सबैलाई उछिनेकाछन् ।

आईतबार दिउँसो पौने ४ बजेसम्म प्राप्त अपडेट अनुसार ४४९३ मत गणना हुँदा खाँले १६३३ मतका साथ सबैलाई उछिनेर शीर्ष स्थानमा रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जानकीमा जसपाका राजिब बर्मा दोस्रो स्थानमा रहँदै ८७० मत पाएका छन् । भन् तेस्रो स्थानमा रहेका एमालेका हिमान्शु यादवले ८०० मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै रामप्यारी यादवले १६४५ मत ल्याएकी छिन् । नेकपा माओवादी केन्द्रका रक्षाराम बर्माले ७२५ मत र एमालेकी भूमिसरा धितालले ५१८ मत पाएकी छिन् । थप विवरण आउन बाँकी ।