नेपालगन्जमा राप्रपाले खाता खोल्यो, १६ मतले काँग्रेसका उम्मेदवार पराजय


नेपालगन्जमा राप्रपाले खाता खोल्यो, १६ मतले काँग्रेसका उम्मेदवार पराजय

नेपालगन्ज १ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले खाता खोलेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ मा राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् । राप्रपाका मनोज श्रेष्ठ ५ सय ५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसअघि उक्त वडा नेपाली काँग्रेसले जितेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप श्रेष्ठले ५ सय ३४ मत प्राप्त गरेका छन् । राप्रपाका विजयी उम्मेदवार मनोज र निकटतम प्रतिद्वन्द्वी प्रदीपबीच १६ मतको अन्तर छ ।

यस्तै वडा नम्बर–२ मा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले २ सय ९३ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा समेटिएका हुन् ।