नेपालगन्ज १ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले खाता खोलेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ मा राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् । राप्रपाका मनोज श्रेष्ठ ५ सय ५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसअघि उक्त वडा नेपाली काँग्रेसले जितेको थियो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप श्रेष्ठले ५ सय ३४ मत प्राप्त गरेका छन् । राप्रपाका विजयी उम्मेदवार मनोज र निकटतम प्रतिद्वन्द्वी प्रदीपबीच १६ मतको अन्तर छ ।
यस्तै वडा नम्बर–२ मा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले २ सय ९३ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा समेटिएका हुन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?